” ३१ मे आईतवारका दिन जुरिच क्याण्टोनभित्र सम्पूर्ण सार्वजनिक सवारी साधनमा निशुल्क यात्रा गर्न सकिने।”

यही मे ३१ तारिख जुरिच नेपाली स्पोर्टस क्लबको आयोजनामा जुरिचमा  अन्तर नेपाली दोस्रो रनिंग शिल्ड फुटवल प्रतियोगिता हुन् गईरहेको यहाँहरुलाई  सर्वविदितै छ। उक्त दिन अर्थात् ३१ मे आईतवारका दिन जुरिच क्याण्टोनको यातायात समितिले २५ औ वर्षगाठ मनाउन गईरहेको छ  त्यस उपलक्ष्यमा उक्त दिन जुरिच क्याण्टोन  भित्र चल्ने सम्पूर्ण सार्वजनिक सवारी साधनमा निशुल्क यात्रा गर्न सकिने व्यवस्था मिलाएको छ  उक्त दिन प्रतियोगितामा सहभागी हुन् आउनु हुने स्विसवासी सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुले जुरिच क्याण्टोन भित्र टिकट  नलिनु हुनको लागि यो सुचना जारी गरिएको छ।

देव राई

अध्यक्ष

जुरिच नेपाली स्पोर्टस क्लब,

स्विजरल्याण्ड

Previous articleअमेरिकाको नेपालीसंस्था NASO ले नेपालमा डेढसयवटा अस्थायीघर बनाई दिने
Next articleएन आर एन ए स्विट्जरल्याण्ड को प्रेस वक्तब्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here