नातिबाब भट्ट, अमेरीका। नव नियूक्त राजदुत डा.अर्जुन कार्कीलाई कोलोराडो समाजका तर्फबाट भुकम्प पिडितलाई सहयोग पुर्याउन संकलित रकम एक समारोह बिच हस्तान्तरण गरियो ।

कोलोराडो निवासी नेपाली समुदाय र भारतबाट आई यहां बसोबास गर्ने सिख समुदायको सकृयतामा संकलित २५ हजार १७ डलर आईतबार सांझ अरोरा स्थित ताज रेष्टुरेन्टमा सम्पन्न एक कार्यक्रममा हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा वरिष्ट पत्रकार एवं अन्न पुर्ण पोष्ट दैनिकका प्रधान संम्पादक यूवराज घिमिरे, वाणिज्य दुत ऋषी ढकाल, अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम विश्वकर्मा, नेजाका अध्यक्ष गौतम दाहाल, रकीमाउन्टेन फ्रेन्डस अफ नेपालका अध्यक्ष शरद आचार्य, नेपालीघरका अध्यक्ष नारायण श्रेष्ठ, सीख समुदायका प्रतिनीधी, स्थानीय संघ संस्थ्ँँका प्रतिनीधी लगायत ठुलो संख्यामा नेपाल र नेपालप्रति माया र सद्भाव राख्नेहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका विशेष अतिथी राजदुत कार्कीले देशलाई पिडा पर्दा आङ्खनो गांस कटाएर सहयोग गर्ने सबैलाई धन्यवाद दिदै सहयोग रकमको सहि सदुपयोग हुने कुरामा शंका नगर्न सबैलाई अनुरोध गरेका छन् । उनले आगामी दिनमा पनि संकलित सबै सहयोग प्रधानमन्त्री राहात कोषमा जम्मा हुने गरि पठाउन आग्रह गरे ।

यस अघि पनि यहांका संघसंस्था तथा व्यक्तिगत पहलमा संकलित धेरै रकम नेपाल रेडक्रस तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेगरि पठाई सकेका छन् ।

Previous article‘सोह्र घन्टापछि कालीगण्डकीबाट पानी बग्यो’
Next articleअमेरिकाको नेपालीसंस्था NASO ले नेपालमा डेढसयवटा अस्थायीघर बनाई दिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here