बाबियाचौर(म्याग्दी),  जेठ १० गते । सुख्खा पहिरोको कारण गए रातिदेखि थुनिएको कालीगण्डकी नदीबाट पानी बग्न थालेको छ।
राम्चे–९ काफलडाँडाको पहाडबाट खसेको पहिरोबाट थुनिएको कालीगण्डकीबाट साँझ ५ बजेदेखि पानी बग्न थालेको हो । पहिरो थुप्रिएर बनेको बाँध नाँघेर पानी बग्न थालेको बताइएको छ।
पानीले आफैँ बाटो बनाएर नियमित बाटोतर्फ बग्न थालेको प्रहरी नायब उपरीक्षक हीरा गिरीले जानकारी दिनुभयो । पहिरोले कालीगण्डकी नदी थुनिँदा सय मिटर गहिरो र तीन किलोमिटर लामो तलाउ बनेको थियो ।
तलाउमा करिब २० लाख घनमिटर पानी जम्मा भएको छ । पानी बग्न थालेपछि तलाउमा पानीको सतह बढेको छैन्। करिब ५०० मिटर माथिबाट खसेको पहिरोले भगवती गाविस–२ र राम्चे–९ मा २६ घर पुरिएका छन्। रासस

Previous articleजुरिच नेपाली स्पोर्टस क्लबको आयोजनामा दोस्रो रनिंग शिल्ड फुटबल प्रतियोगिताको तयारी पुरा। ६ टिमको सहभागिता रहने।
Next articleदेशलाई दुःख पर्दा जागे कोलोराडो बासी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here