काठमाडौँ, वैशाख १५ गते । भूकम्पमा परी हालसम्म देशभर चार हजार २६६ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट हालसम्म सात हजार ५९८ जना घाइते भएका छन् ।

उपत्यकाको काठमाडौँमा एक हजार २९, भक्तपुरमा २४१ र ललितपुरमा १५७ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा एक हजार १७६ र गोरखामा २२३ जनाको मृत्यु भएको छ । रासस

 

Previous articleराहतका लागि युरोपेली युनियनको ३३ करोड सहयोग
Next articleबहत्तर घन्टामा भूकम्पका ९८ वटा ठूला कम्पन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here