१३ वैशाख, काठमाडौं । भुकम्पको कारण सगरमाथा आधार शिविरबाट आइतबार १८ शव फेला परेका छन् । ति सबै नेपाली नागरिक हुन् । मृतक शेर्पा समुदायका छन् ।

भुकम्पका कारण पुमरीबाट ठूलै हिमपहिरो झर्दा सगरमाथा आधार शिविरमा बसेकाहरु पुरिएको प्रत्यक्षदर्शीले बताएका मकालु एडभेन्चर ट्रेकिङ एजेन्सीका प्रमुख मोहन लम्सालले जानकारी दिए ।

१८ शव र ७१ जना घाइतेलाई आइतबार काठमाडौं ल्याइएको छ । हिमपहिरो पन्छाउन बाँकी नै रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अनुमान छ ।

यो सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले धेरै जना सगरमाथा आधार शिविर पुगेका थिए । घाइतेहरुलाई सी डब्लू क्लिनीक, केएमसी, नर्भिक लगायतका अस्पतालमा लगिएको छ । लामटाङ क्षेत्रमा पनि धेरै पर्यटक हताहति भएको अनुमान गरिएको छ ।

-अनलाईन खबर

Previous articleनेपाली जनसम्पर्क समिति स्विट्जटरल्याण्डले भूकम्प पिडीतहरुका लागि चन्दा संकलन शुरु गरे
Next articleनेदरल्याण्ड्सबाट भुकम्प पिडितलाई सहयोग पठाइयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here