जुरिक नेपाली स्पोर्ट्स क्लब (ZNSC) स्वीजरल्याण्डले “पाचौँ पिङ्ग पोङ्ग प्रतियोगिता” सम्पन्न गरेको छ।
जुरिख नेपाली स्पोर्ट्स क्लब स्विट्जरल्याण्डद्वारा आयोजित पिङ्ग पोङ्ग प्रतियोगिता कार्यक्रम यही ११ जुलाइ २०२६ शनिवारका दिन स्विट्जरल्याण्डको जुरिखमा सफलताकापूर्वक सम्पन्न भएको हो।

उक्त पिङ्ग पोङ्ग प्रतियोगितामा सिङ्गल तर्फ १९ जनाको र डबल तर्फ ८ जना टिमको सहभागिता रहेको थियो। कार्यक्रममा स्विट्जरल्याण्डका सम्पूर्ण जिल्ला तथा कान्तोनबाट उल्लेख्य उपस्तिथि रहेको थियो भने प्रतियोगितामा डबल र सिङ्गल गरि कूल २७ टिमले भाग लिएका थिए । गोलाप्रथा गरी सुरु गरिएको खेल लिग प्रणालीमा खेलाइएको थियो। सिङ्गल तर्फ फाइनलका लागि जुरिक क्लबका सदस्य आशिष कान्छा र प्रतिद्वन्द्वी जुरिक wiiterthur निवासि Dominique Schinitz बीच भएको थियो । अत्यन्तै रोचक तथा प्रतिस्पर्धात्मक रहेको फाइनल खेलमा जुरिक क्लबका आशिष कान्छा विजयी भएका थिए । विजयी खेलाडीलाइ नगद , मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल Winterthur का खेलाडी Dominique लाई पनि नगद ,मेडल र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी अत्यन्तै मनोरञ्जनात्मक र आकर्षक रूपमा सम्पन्न उक्त खेलको डबल प्रतिस्पर्धा तर्फ जुरिक क्लव (znsc) कै प्रतिस्पर्धी लोकेन्द्र राना मगर र केशब लिम्बु प्रथम हुन सफल भएका थिए भने दोश्रो स्थान हासिल गर्नेमा आशिष कान्छा र Dominique रहे । आयोजकका तर्फबाट विजेतालाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यस्तै NRNA का युबा संयोजकले प्रतियोगिताका उत्कृष्ट खेलाडी तथा ZNSC क्लबका सक्रिय सदस्य आशिष कान्छालाई Himaalay Agro को तर्फबाट क्लबलाइ प्रदान गर्नुभएको उपहार आशिष कान्छालाई प्रदान गरिएको थियो।
बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्दै उल्लेख्य मात्रामा पाहुना अतिथिहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन क्लबका अध्यक्ष दिर्ग श्रीस मगर(मामा)ले गर्नु भएको थियो । उपस्थित अतिथिहरुमा क्लबका संस्थापक सदस्य तथा निवर्तमान अध्यक्ष देब राई तथा लोकेन्द्र राना, NRNA का अध्यक्ष बिष्णु थापा, महासचिव याम काउचा, हिमालय एग्रोका तर्फबाट लाल सुनार, My Home का संचालक फडिन्द्र पन्त, बासेलका खेलाडी रेशम रोका मगर र महिला तर्फबाट सगुन हमालको उपस्थिति रहेको थियो । खेलमा स्वीस खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।
क्लबको यस प्रकारको कार्यक्रमको आयोजनाबाट पहिलो पटक नेपाली नागरिक र स्वीस नागरिक बीचको सम्बन्ध र भाइचारा (Intergation) लाई बलियो बनाउँन सफल भएको छ भने क्लबले (Intergation) गन्त्यब्यको पहिलो खुड्किला पार गर्न सफल भयो । त्यसैगरी नेपाली क्लबलाई सम्मान गर्दै स्वीसबासीहरुले पनि खेलमा आफ्नो महत्त्वपूर्ण समय दिएर प्रतियोगिताको गरिमालाई बढाएका थिए । आयोजक क्लबले उपस्थित सबैलाई धन्यवाद दिँदै यसरी नै सदैव एक अर्कालाई सहयोग गर्दै आपसरी भाइचाराको सम्बधलाई अझै मजबुत बनाउँदै अगाडि बढ्नु पर्ने कुरालाई औँल्याएका थिए । श्ल्क्ऋ क्लबका सदस्य तथा ल्च्ल्ब् का युबा संयोजक आशिष कान्छाले पिङ्ग पोङ्ग खेलका लागि आवश्यक सामाग्रहरुको व्यवस्थापन गर्नु भएको थियो भने प्रतियोगिताको सिंगल तर्फ विजयी भई आफूले प्राप्त गरेको नगद पुरस्कार आफ्नै क्लबलाई हस्तान्तरण गरी सामाजिक सेवामा समेत आफूलाई अग्रणी स्थानमा राख्न सफल हुनु भएको थियो । कार्यक्रममा नेपाली स्वादिलो खानाको प्रवन्ध क्लबका सदस्य द्वय दल पुन र सुरज श्रेष्ठले गर्नु भएको थियो ।
प्रतियोगिताको समापन गर्दै आयोजकले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न नगद सहयोग गर्नु हुने सम्पूर्ण सहयोगदाताहरु र बिभिन्न तबरले आ आफ्नो स्थानबाट सहयोग पुर्याउनु हुने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको यियो ।

Previous articleशनिबार र आइतबार २३ जिल्लामा उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here