रोटरी क्लब अफ डिल्लीबजारले रोटरी वर्ष २०२६/०२७ लाई सम्पदा संरक्षणमा योगदान गरेर शुरुआत गरेको छ ।
रोटरी क्लब डिल्लीबजारले रोटरी वर्षको पहिलो दिन जुलाई १ मा काठमाडौँको कालिकास्थानमा रहेको कालिकास्थान मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । रोटरी वर्ष २०२६/२७ को क्लबका अध्यक्ष सुजिता अधिकारी पोखरेलको अध्यक्षतामा उल्लेख्य मात्रामा उपस्थित रोटरियनहरु, रोट्रयाक्टरहरु, रोटरियन स्पाउसहरु र अतिथि सहितको उपस्थितिमा भएको उक्त सम्पदा संरक्षणका लागि मन्दिर परिसरमा सरसफाई गर्नुका साथै मन्दिरको सरसफाईमा सहयोग पुगोस भन्ने हेतूले मन्दिर व्यवस्थापन समितिलाई २० मिटर पाईप, २ थान बाल्टिनका साथै रु. ५००० हजार बराबरका बिभिन्न सफाई सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सरसफाई कार्यक्रमको समापन पश्चात् क्लबले यस वर्षको पहिलो साप्ताहिक बैठक पनि सम्पन्न गरेको छ । बैठक क्लबका अध्यक्ष सुजिता अधिकारी पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डद्वारा ‘तीज उत्सव २०२६’ आयोजना गर्ने
Next article‘बागमती प्रदेशका पर्यटकीय गन्तव्य : सम्भावना, चुनौती र भावी कार्यदिशा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here