नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेसको सभापति पदबाट राजीनामा दिएका छन् ।
सभापति थापाले आफ्नो पदबाट राजीनामा दिँदै पार्टी उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा पत्र बुझाएका हुन् ।
गत पौष महिनाको अन्तिममा राजधानीमा सम्पन्न विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले बुधबार राजीनामा दिएका हुन् । पार्टीमा थापा पक्षधर नेताहरुले राजीनामा दिन नहुने बताउँदै आइरहेका थिए भने पूर्व सभापति शेर बहादुर देउवा पक्षधर नेताहरुले भने चुनावमा व्यहोर्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै थापाले राजीनामा दिनु पर्ने बताउँदै आएका थिए । बि.सं २०७९ को निर्वाचनमा पहिलो दल बनेको काँग्रेस यस पटक भने फराकिलो अन्तरले दोश्रो दल बनेको छ ।
थापाको राजीनामा पश्चात् अब केन्द्रीय समितिको बैठक पार्टीका उससभापतिको अध्यक्षतामा बस्नेछ भने उक्त बैठकमा सभापतिको राजीनामा पेश हुनेछ । सभापतिको राजीनामाको प्रस्ताव उपसभापतिले बैठकमा पेश गरेपछि प्रस्तावलाई केन्द्रीय समितिले स्वीकृत गरेमा उपसभापतिले कार्यबाहक सभापतिको रुपमा कार्यभार सम्हाल्नेछन् । तर केन्द्रीय कार्य समितिले राजीनामा स्वीकृत नगर्न पनि सक्नेछ ।

Previous articleरोटरी क्लब डिल्लिबजारको शेयर बजार सम्बन्धी तालिम सम्पन्न
Next articleप्रवासी नेपालीलाई लगानीको वातावरण बनाउन बोर्डले सहजीकरण गर्छ 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here