कार्तिक २१ गते शुक्रबार,  रोटरी क्लब अफ डिल्लिबजारले आज आफ्नो तेस्रो रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। क्लबले चालु रोटरी वर्ष २०२५–२०२६ अन्तर्गत कुल १२ वटा रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको मध्ये यो तेस्रो कार्यक्रम हो।

रक्तदान कार्यक्रम डिल्लिबजारस्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न भएको थियो। क्लबका पदाधिकारी, सदस्यहरू र स्थानीय बासिन्दाहरूको सक्रिय सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।

रोटरी क्लब अफ डिल्लिबजारले आगामी महिनाहरूमा पनि यही मन्दिर परिसरमा बाँकी ९ वटा रक्तदान कार्यक्रम क्रमशः सञ्चालन गर्ने जनाएको छ। क्लबका पदाधिकारीहरूका अनुसार नियमित रूपमा रक्तदान अभियान सञ्चालन गरेर समुदायमा सहयोग र मानव सेवा प्रवर्द्धन गर्ने उद्देश्य रहेको छ।

Previous articleसगरमाथा स्वीमिङ क्लबको ३१ पदकसहित अग्रता, दोस्रो दिन २६ इभेन्ट हुँदै
Next articleस्वीटजरल्याण्डमा राष्ट्रीय स्वतन्त्र पार्टीको प्रवास कमिटी गठन हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here