रोटरीको आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रम अन्तर्गत रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले आयोजना गरेको विद्यालय स्तरीय कविता प्रतियोगितामा हेम्स विद्यालय कि क्षात्रा अंशु शर्मा प्रथम भएकी छिन् ।


शुक्रबार मैतिदेवीमा सम्पन्न उक्त कविता प्रतियोगिताको सभापतित्व क्लबका अध्यक्ष प्रेम कुमार वलीले गर्नु भएको थियो भने प्रमुख अतिथिीमा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे रहनु भएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार प्रा. वामदेव शर्मा, रघुनाथ अधिकारी र पुण्य आचार्य रहनु भएको थियो । कार्यक्रममा क्लबका आइपीपी सागरनिधि तिवारी, पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर तिमिल्सिना, पास्ट प्रेसिडेन्ट पुण्यप्रसाद पौडेल, सम्झना पोखरेल, इन्दिरा पौडेल, सेक्रेटरी सन्ध्या राजभण्डारी र रोटरियन विष्णु पराजुली विशेष अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।
मध्य उपत्यकाका सात विद्यालयका २० जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा अक्षरा एकेडेमि कि सेहना राजभण्डारी द्वितीय र लिटल फ्लावर विद्यालयका आदित्य गजुरेल तृतीय भएका थिए । त्यस्तै, सजना खनाल, गौरव पौडेल, प्राञ्जल नेपाल र अनिरुद्र बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

विजेता मध्ये प्रथम हुनेलाई नगद ३ हजार रुपैयाँ सहित प्रमाणपत्र, द्वितीयले २ हजार रुपैयाँ सहित प्रमाणपत्र, तृतीयले १ हजार रुपैयाँ सहित प्रमाणपत्र तथा सान्त्वना पुरस्कार प्राप्त गर्नेलाई जनही ५ सय रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर तिमिल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुजिता अधिकारीले संयोजन तथा सञ्चालन गर्नु भएको थियो। प्रमुख अतिथि गाम्नागेले छोटो समयमा उत्कृष्ट कविता लेखेर प्रतिभा प्रदर्शन गर्ने सबै विद्यार्थीलाई प्रशंसा गर्दै रोटरी क्लब अफ डिल्लिबजारको साहित्यिक पहल सराहनीय रहेको बताउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।



