बासेल। नेपाललाई सहयोग गर्ने उद्देश्यले शनिबार, २९ मार्च २०२४ मा बासेलको रिहेनमा (Kornfeldstrasse 51, 4125 Riehen) नेपाल दिवस कार्यक्रम आयोजना हुने भएको छ। यस कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालका आर्थिक रूपमा कमजोर परिवारहरूलाई सहयोग गर्न प्रदान गरिनेछ। चर्चकी निष्ठावान सदस्य क्याथ्रिन बाउमगार्टनर ले संकलित सहयोग रकम व्यक्तिगत रूपमा नेपाल पुर्‍याउनेछिन्।

कार्यक्रमका मुख्य विशेषताः

नेपाली खानाको स्वाद – नेपाली परिकारको स्वादिष्ट बफे
नेपाल प्रदर्शनी – नेपालका तस्वीर, हस्तकला, पुस्तकहरू
सांस्कृतिक प्रस्तुति – नृत्य, संगीत, नेपाली बाजा
बजार स्टल – नेपाली चिया, साबुन, कला सामग्री,

बालबालिकाका लागि विशेष कार्यक्रम

चित्रकला र सिर्जनात्मक खेलहरू
नेपाली बाजा बजाउने अवसर
नेपाली लिपीमा नाम लेखिएको उपहार

मध्याह्न भोजन (१२:१५ – १४:००)

बुफे मेनु:मसुरो दाल, तरकारी करी, मासु करी

अचार, मुलाको सलाद आदी

मूल्य: प्रत्येक प्लेट (शाकाहारी वा मासु) 12+3= CHF 15 (दान सहित)

बालबालिकाका लागि (१२ वर्षसम्म) CHF 5

मिठो खानासँगै मनोरञ्जन

दिउँसोका समयमा नेपाली तथा स्विस परिकारहरू, कफी, मसला चिया, सिरप, लुक्ला बियर उपलब्ध हुनेछन्।
म:म: (नेपाली स्वादिष्ट परिकार) अपराह्न १५:०० बजेपछि पाइनेछ।

मनोरञ्जन र सांस्कृतिक कार्यक्रम

संगीत प्रस्तुति – नेपाली तिकडी “सुवास, रामु र प्रवात”

समय: ११:१०, १४:४५, १६:३०

नेपाली नृत्य – देवी गर्बुजा मगर
समय: १४:००, १७:००

नेपालको जीवन झल्काउने तस्वीर प्रदर्शनी
समय: ११:४५, १६:००

नाम दर्ता आवश्यक

२६ मार्चसम्म अग्रिम नाम दर्ता गर्नुहोस् https://www.erk-bs.ch/kg/riehen-bettingen/nepaltag#formular

थप जानकारीका लागि: जिवन भट्टराई – ०७८ ८७४ ८५ ८६ मा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको २०२५-२०२७ को लागि नयाँ सदस्यता दर्ता खुल्ला
Next articleप्रवासी नेपाली मञ्च स्विट्जरल्याण्डको ५औं अधिवेशन सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here