TCV Alumni Association Switzerland को आयोजना हुन लागेको एक साँस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालका प्रख्यात पप गायक मंगोलियन हर्टका राजु लामा स्विट्जरल्याण्ड आउने भएका छन्।

यही आउदो २०१५ जुन १३, तारिख शनिवारका दिन स्विट्जरल्याण्डको उस्टर सहरमा हुन गैरहेको Ex TCV Gala Evening 2015 नामक साँस्कृतिक कार्यक्रममा सहभागी हुन गायक लामा स्विट्जरल्याण्ड आउने भएका हुन्।

उनले तिमीलाई देखेर, उँभो उँभो खासा म जाँदा, मेरो नेपाल, ओए नाना ओए नाना, हिमाल पारीको देश बाट मेरी माया मलाई हेर्दै होलिन र तिब्बतियन गिती शब्दमा स्वर सजाएका गायक लामा स्विट्जरल्याण्ड आउने खबरले तिब्बियन युवायुवतीहरु आफ्नो कार्यब्यस्तता लाई पन्छाएर कार्यक्रममा सहभागी हुन तयारी गरिरहेको छिरिङ एल सेसुङले नेपाल स्वीस डट कम लाई जानकारी गराए।

यसै समाचार मार्फत स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनी लाई कार्यक्रममा सहभागी भएर भरपूर्ण मनोरन्जन लिन छिरिङले अनुरोध गरेकी छिन। कार्यक्रम सम्बन्धी थप जानकारी लिन संम्पर्क नम्बर ०७९३५६१७९६ संम्पर्क गर्नु हुन हार्दिक अनुरोध समेत गरेकी छिन्।

Previous articleजर्मनविङषस जहाज दुर्घटनामा १५० को मृत्यु
Next articleराजदूत श्री धिताल द्वारा योग्यताको प्रमाण-पत्र पेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here