बासेल। बासेल नेपाली समाजको आयोजनामा बासेल कप भलिबल प्रतियोगिताको उपाधि बेर्न नेपाली समाजको टिमले जितेको छ। यही शनिबार बासेलको रिहेनमा भएको फाइनल खेलमा बेर्न टिमले बासेल ए टिमलाई हराउँदै उपाधि हात पारेको हो।

प्रतियोगिताको विजेता बेर्न टिमले नगद १००० स्वीस फ्रान्क, शिल्ड र माया को चिनो, उपविजेता बासेल ए टिमले नगद ५०० स्वीस फ्रान्क र माया को चिनो, तेस्रो हुने आराउ टिमले माया को चिनो प्राप्त गरेका छन्।

प्रतियोगितामा जुरीख टिम, आराउ टिम, बासेल ऐ टिम, बासेल बि टिम, बेर्न टिम, सोलु टिम र एनआरएनए स्विट्जरल्याण्ड टिमको सहभागिता रहेको थियो।

बासेल नेपाली समाजका अध्यक्ष रेशम रोक्का, समाजका सदस्य जिवन भट्टराई र सुसिला थापाले खेलाडीहरूलाई पुरस्कार वितरण गरेको थियो।

भलिबल प्रतियोगिता कार्यक्रम संगीतमय

प्रतियोगितामा युरोप भ्रमणमा रहेको नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र इटलीबाट गायिका सकुन्तला थापाले आफ्ना लोकप्रिय गीतहरू सुनाए। गायिका सकुन्तला थापा सँग चन्द्र शर्माको लोक भाकामा दोहोरी घम्साघम्सी समेत चलेको थियो। कलाकारहरूको प्रस्तुतिले भलिबल प्रतियोगिता कार्यक्रम संगीतमय बनेको थियो।

Previous articleबासेलमा हुने भलिबल प्रतियोगिताको तयारी पुरा।
Next articleल्याण्डपुलिङको नाममा जग्गा रोकेर राख्नु जायज होइनः मन्त्री गुरुङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here