बासेल। यही आउँदो अगष्ट ५ तारिख शनिवारको दिन बासेलमा हुने भलिबल प्रतियोगिता कार्यक्रमको तयारी पुरा भएको आयोजकले जानकारी गराएको छ।

स्विट्जरल्याण्डको बसेल शहरको Eisweierhütte, Erlensträsschen 90, 4125 Riehen हुने भलिबल प्रतियोगिता बिहान १०:०० बजे देखि बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने छ। भलिबल टिम दर्ता शुल्क २५० स्वीस फ्रान्क लाग्ने छ।  पहिलो पुरस्कार ट्रफी (कप) सहित १००० स्वीस फ्रान्क र माया को चिनो,  दोस्रो पुरस्कार ५०० स्वीस फ्रान्क र मायाको चिनो, तेस्रो पुरस्कार मायाको चिनो रहेको छ।

उक्त भलिबल प्रतियोगीता कार्यक्रमलाई संगीतमय बनाउनको लागि नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र इटलीबाट गायिका सकुन्तला थापा उपस्थिति रहने साथै स्थानीय कलाकार जीत तिलीजा मगर गीत प्रस्तुत गर्ने आयोजकले जानकारी गराएको छ।

भलिबल खेल प्रेमीहरू लगायत स्वीस वासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरू लाई उक्त प्रतियोगितामा सहभागी भइ भव्यताको साथ सफल पार्न बासेल समाज परिवारले अनुरोध गरेको छ।

Previous articleसूचना सूचना सूचना
Next articleबेर्न टिमलाई बासेल कप भलिबल प्रतियोगिताको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here