बासेल। यही आउँदो अगष्ट ५ तारिख शनिवारको दिन बासेलमा हुने भलिबल प्रतियोगिता कार्यक्रम संगीतमय हुने भएको छ। उक्त भलिबल प्रतियोगीता कार्यक्रमलाई संगीतमय बनाउनको लागि नेपालबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको पूर्व केन्द्रीय अध्यक्ष चन्द्र शर्मा र इटलीबाट गायिका सकुन्तला थापा उपस्थिति रहने आयोजकले जानकारी गराएको छ।

स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली भलिबल खेलाडीहरू लाई प्रोत्साहन गर्दै समाजले बासेलमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

स्विट्जरल्याण्डको बसेल शहरको Eisweierhütte, Erlensträsschen 90, 4125 Riehen हुने भलिबल प्रतियोगिता बिहान १०:०० बजे देखि बाहिर खुल्ला चौरमा प्रतियोगिता हुने र भलिबल खेल प्रेमीहरू लगायत स्वीस वासी नेपाली दाजु भाई दिदी बहिनीहरु लाई उक्त प्रतियोगितामा सहभागी भइ भव्यताको साथ सफल पार्न बासेल समाज परिवारले अनुरोध गरेको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा सिवाकोटी, आईसीसीमा लामा निर्विरोध
Next articleएनआरएनए स्विट्जरल्याण्डको सुचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here