जेनेभा। गत आइतवार २८ सेप्टेम्बरका दिन स्विटजरल्याण्डको जेनेभा स्थित किङकरी रेष्टुरेन्टमा जेनेभाबासी नेपालीहरूले हिन्दू महिलाहरूको हरितालिका तीज मनाएका छन्।

जेनेभामा बसोवास गर्ने नेपालीहरु लाई मध्यनजर गर्दै  निता कपुरको टिमले हरितालिका तीज जेनेभामा आयोजना गरेको हो।

कार्यक्रममा जेनेभाबासी नेपाली र नेपाल प्रेमी बिदेशीहरुले तीजको गीत बजाएर धित मर्ने गरि नाचेका थिए भने तीजको अबसरमा सहभागीहरुलाई आयोजकले दरको समेत ब्यबस्था गरेको थियो।

भविष्यमा नेपालीहरुको चाडपर्वहरुमा कार्यक्रम आयोजना गर्ने निता कपुरले जानकारी गराएकी छिन्।

Previous articleस्विट्जरल्याण्डमा तीज मनाईयो (फोटोफिचर सहित)
Next articleबेर्न समाजको आयोजना मा दशैं कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here