बासेल। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा एनआरएनए स्वीस कप भलिबल प्रतियोगिताको उपाधि जुरीख टिमले जितेको छ। यही शनिबार बासेलको रिहेनमा भएको फाइनल खेलमा जुरीख टिमले आराउ टिमलाई हराउँदै उपाधि हात पारेको हो।

प्रतियोगिताको विजेता जुरीख टिमले नगद ५०० स्वीस फ्रान्क, शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेता आराउ टिमले नगद ३०० स्वीस फ्रान्क, मेडेल र प्रमाणपत्र र तेस्रो हुने बासेल बि टिमले १५० स्वीस फ्रान्क मेडेल र प्रमाणपत्र प्राप्त गरेका छन्।

उक्त प्रतियोगिताका उत्कृष्ट खेलाडी बासेल बि टिमको ज्योति पुन घोषित भए।

प्रतियोगितामा जुरीख टिम, आराउ टिम, बासेल ऐ टिम, बासेल बि टिम, बेर्न टिम र एनआरएनए स्विट्जरल्याण्ड टिमको सहभागिता रहेको थियो।

संघका अध्यक्ष शुभ एल्मर लामा र यूवा संयोजक विनीता सुनारले खेलाडीहरुलाई पुरस्कार बितरण गरेकी थिईन।

संघका सचिव जीवन भट्टराईले तयार पारेको स्वादिष्ठ नेपाली खानाको धेरैले गुनगान गाए।

Previous articleस्विट्जरल्याण्डमा एक नेपालीको मृत्यु
Next articleतनहुँका पृथ्वी भण्डारीको स्विट्जरल्याण्डमै अत्येष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here