जुरीख। स्विट्जरल्याण्डको जुरीख युनिभर्सिटी अस्पतालमा एक नेपालीको बुधबार बिहान मृत्यु भएको छ । तनहुँ मूल घर भएका ४७ वर्षीय पृथ्वी भण्डारी क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको हो। हाल जुरीख कान्टोनको आफोल्टेनमा स्थायी रुपमा बस्दै आएका भण्डारी विगत १५ बर्षदेखि स्विट्जरल्याण्डमा बस्दै आएका थिए। एनआरएनए स्विट्जरल्याण्डकी अध्यक्ष शुभ एल्मर लामाका अनुसार उनि ५ हप्ता अघि अस्पताल भर्ना भएका थिए। ‘उनको कलेजोमा समस्या आएपछि अस्पताल भर्ना भएको बुझियो। सोमबार आईसीयूमा पुगेर मैले भेट्दा उहाँ अचेत नै हुनुहुन्थ्यो। अध्यक्ष लामाले नेपालस्वीस डट कमलाई बताईन्।

आफू बुधवार पुन: अस्पताल पुग्दा भण्डारीको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएको एनआरएनए अध्यक्ष लामाले सुनाइन्। ‘उहाँको अवस्था अत्यन्तै चिन्ताजनक थियो। त्यसैले परिवारलाई पनि खवर गरिसकेका थियौं।’ लामाले भनिन्, ‘ स्विट्जरल्याण्डमा परिवारका सदस्यहरु कोहि नभएकाले हामीले जापानमा रहेका उनका भाईलाई खवर गरेका थियौं।

एनआरएनए स्विट्जरल्याण्डले जेनेभा स्थित नेपाली दूतावाससँग समन्वय गरेर परिवारको ईच्छा अनुसार अत्येष्टि प्रक्रियामा पनि सहयोग गर्ने लामाले बताईन्। ‘मृतकका भाई महेन्द्र भण्डारी क्षेत्रीलाई जापानदेखि स्विट्जरल्याण्ड ल्याउन कागजी प्रक्रियामा पनि समन्वय गरिरहेका छौ। अब परिवारको ईच्छा अनुसार नै अत्येष्टिका लागि सहयोग गर्नेछौ।’ उनले भनिन्।

‘उनका दुई छोराहरु हाल दुवईमा ( युएई) कार्यरत रहेको बुझियो। तनहुँ मूल घर भएपनि सन् २०१५ देखि उहाँहरु धरानमा बसाई सर्नुभएको रहेछ।’ एनआरएनए अध्यक्ष लामाले भनिन्।

Previous articleबेर्नमा एभरेष्ट डे सम्पन्न (फोटो फिचर सहित)
Next articleजुरीख टिमलाई एनआरएनए स्वीस कप भलिबल प्रतियोगिताको उपाधि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here