जुरीख। स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपालीहरुलाई मध्यनजर गर्दै गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।

यही फेब्रुअरी ५ शनिवारको दिन मुल्यहर्नमा बसेको गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको बैठकले निर्णय गर्दै यही आउँदो जुन महिनामा स्विट्जरल्याण्डको बासेल शहरमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

“जुनमा हुने भलिबल प्रतियोगिताको लागि स्थान, मिति र समय छिट्टै अर्को सूचना प्रकाशित गर्ने र कोराना महामारीका कारणले संसार नै ठप्प भएको यस समयमा भलिबल प्रतियोगिताले भलिबल खेल प्रेमीहरूलाई केही मात्रमा भए पनि खुसी प्रदान गर्ने छ भन्ने आशा गरेको छु” संघका अध्यक्ष शुभ एल्मर लामाले बताइन।

बैठकमा नेपालमै निर्माण गरिएको पहिलो स्याटेलाइट “सानो स्याट-१” अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरिएकोले ओरियन स्पेसका प्रमुख राकेशचन्द्र प्रजापतिलाई गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले प्रमाण पत्रले सम्मान गरेको थियो। राकेशचन्द्र प्रजापति गैर आवासीय नेपाली संग स्विट्जरल्याण्डका कोषाध्यक्ष हुन्।

Previous articleअन्तरराष्ट्रिय महिला दिवस बेर्न र फागु पुर्णिमा बासेलमा मनाईने
Next articleसोनाम ल्होसार मनाउँदै स्विट्जरल्याण्डमा तामाङ समाज गठन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here