जुरिच, जुलाई १० गैर-आवासीय नेपाली संघ स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनबाट सन् २०२१-२०२३ को नयाँ कार्यसमिति निर्विरोध निर्वाचन हुने भएको छ। शुक्रबार सम्पन्न मनोनयन दर्ताको समयावधिमा अध्यक्षमा शुभ एल्मर लामाको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित हुने भएकी हुन्।

यस्तै आईसीसी सदस्यमा सीमा गौतमको मात्रै उम्मेदवारी परेको छ। एनआरएन इतिहासमा अध्यक्ष र आईसीसी सदस्य दुबै महिला रहेको सम्भवत यो पहिलो पटक हो।

यस्तै उपाध्यक्षमा प्रमोद कुमार भट्ट र शुक्र श्रेष्ठ, महासचिवमा कुल (कृष्ण) प्रसाद शिवाकोटी, सचिवमा जीवन भट्टराई, कोषाध्यक्षमा राकेश चन्द्र प्रजापती,महिला संयोजकमा चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजकमा विनु सुनार र प्रवक्तामा यम काउचा मगरको मात्र उम्मेदवारी परेपछि सिंगो कार्यसमितिनै निर्विरोध निर्वाचित हुने निश्चित भएको हो।

अन्य केही पदहरूमा उम्मेद्वारी नपरेपछि पद रिक्त रहेको छ। जुलाई ११ मा हुने एनआरएनए स्वीट्जरल्याण्डको सातौं राष्ट्रिय महाधिवेशनका लागि विभिन्न पदका लागि उम्मेदवारी मनोनयनको नामावली प्रकाशन शनिवार सम्पन्न भएको हो। निर्वाचन समितिले आईतबार नयाँ कार्यसमिति घोषणा गर्ने अपेक्षा गरिएको छ।

निर्वाचन समिति द्वारा प्राप्त उम्मेदवारी मनोनयनको नामावली जस्ताको तस्तै:

यस निर्वाचन समितिमा उम्मेदवारी दर्ताको समय सीमा ०९ जुलाई २०२१ शुक्रबार सॉझ १८:०० बजे सम्ममा निर्वाचन समितिको इ मेल मार्फत प्राप्त ईच्छुक उम्मेदवारहरुको नाम यस प्रकार छ।
अध्यक्ष: शुभ एल्मर लामा
उपाध्यक्ष: प्रमोद कुमार भट्ट
              शुक्र श्रेष्ठ
महासचिव: कुल (कृष्ण) प्रसाद शिवाकोटी
सचिव: जीवन भट्टराई
कोषाध्यक्ष: राकेश चन्द्र प्रजापती
आई सि सि सदस्य : सीमा गौतम
महिला संयोजक: चम्पा ज्ञवाली रुकस्टुल
युवा संयोजक: विनु सुनार
प्रवक्ता: यम काउचा मगर
निर्वाचन समिति २०२१
गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, स्विट्जरल्याण्ड
Previous articleएनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाद्वारा उम्मेद्वारी घोषणा
Next articleएनआएनए स्वीट्जरल्याण्डको महाधिवेशन सम्पन्न अध्यक्षमा शुभ एल्मर लामा निर्विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here