जुरिच, २१ जुन

एनआरएनए स्वीट्जरल्याण्डको अध्यक्षमा शुभ एल्मर लामाले उम्मेद्वारी घोषणा गरकी छिन्। वर्तमान कार्यसमितिकी उपाध्यक्ष समेत रहेकी लामाले २०२१- २०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेकी हुन्। विगत चार दशकदेखि स्वीट्जरल्याण्डमा बस्दै आएकी लामा सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी थिईन्।

उम्मेदवारी घोषणाबारे एक विज्ञप्ति प्रकाशित गर्दै लामाले संघको विधान अनुसार एनआरएनलाई राजनीतिक प्रभाव पर्न नदिने प्रतिवद्वता ब्यक्त गरिन्। ‘स्विसबासि नेपालीहरूलाई आपतबिपत् परेको बेला सहयोग गर्न सधैं तयारीमा बस्ने छु’ अध्यक्षकी दावेदार लामाले भनिन् ,‘एनआरएनए  स्वीट्जरल्याण्डमा दोस्रो पुस्ताका युवाहरुलाई कार्यसमितिमा ल्याउने र सक्रिय बनाउने काममा पनि म आँफूलाई केन्द्रित गर्नेछु।’

उनले जेनेभास्थित नेपाली राजदूताबास तथा स्विसस्थित नेपाली संघ संस्था र समुदायसँग हातेमालो गरेर नै आँफू अघि बढ्ने प्रतिवद्वता ब्यक्त गरेकी छिन्। एनआरएनका सवैजसो सभा सम्मेलनहरुमा सहभागिता जनाउदै आएकी लामा युरोपको नेपाली समुदायमा नै एनआरएन अभियन्ताको रुपमा परिचित छिन्।

गैर आवासीय नेपाली संघको १० औ युरोपस्तरीय महिला सम्मेलनमा लामा मोष्ट एक्टिभ महिला संयोजकको उपाधिले सम्मानित भएकी थिईन। युरोप क्षेत्रमा रहेका २० वटा महिला फोरममध्ये बिभिन्न गतिविधिमा अतिनै सक्रिय बनेका दुई एनसीसी राष्ट्र स्वीट्जरल्याण्ड र अष्ट्रियालाई ईटालीको रोममा सम्मान गरिएको थियो।

स्वीट्जरल्याण्डको ग्लारुस क्यान्टोनमा रहेको नगरपालिका ग्लारुस नडमा बस्दै आएकी लामाकै पहलमा नेपालको पहिलो अस्पताल वीर अस्पताललाई १२ वटा ह्वीलचेयर सहयोग स्वरुप हस्तान्तरण गरीएको थियो।विकट जिल्लाहरुका गरिव तथा दलित महिलाहरुका लागि स्वीट्जरल्याण्डको महिला फोरमले उनकै नेतृत्वमा लाखौं रुपैयाँ सहयोग पठाएको थियो।

लामा सन् १९८० देखि नै स्थानीय रुपमा सामाजिक सेवामा आफूलाई निरन्तर सक्रिय राख्दै आईरहेकी छिन् । उनीसँग  टोनी हेगन फाउन्डेसनको बोर्ड मेम्बर रहेर काम गरेको पनि अनुभव छ।

Previous articleगैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डको निर्वाचन समितिको सूचना।
Next articleएनआरएनए स्वीट्जरल्याण्ड: अध्यक्ष एल्मर लामा सहितको कार्यसमिति निर्विरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here