काठमाडौँ, २६ फागुन । लभ्लि बेभरेज कम्पनी लिमिटेड क्विनदावोद्वारा उत्पादित ‘छिन्ताओ बियर’ नेपालमा भित्रिएको छ ।
पहिलोपटक आयतित ‘छिन्ताओ बियर’को उद्घाटनमा उद्योग मन्त्री महेश बस्नेतले नेपाल र चीनको सम्बन्धमा यसले थप सहयोग पुग्ने बताउनुभयो ।
चीनमा १११ वर्ष पहिले उत्पादन भएको ‘छिन्ताओ बियर’ नेपालमा भर्खर आयात हुनुप्रति असन्तोष व्यक्त गर्दै मन्त्री बस्नेतले भन्नुभयो— “विश्वका दुई ठूला अर्थतन्त्र भएको मुलुककाबीचमा नेपाल भएकाले यसलाई व्यापारिक नाका बनाउनुर्छ ।”
‘छिन्ताओ बियर’लाई नेपाली स्वादमा अगाडि बढाउनुपर्नेमा मन्त्री बस्नेतले आयातकर्तालाई सुझाव दिनुभयो ।
नेपाल—चीन व्यापार सङ्घ एवम् नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चीनको एक नम्बर बियर भएकाले यसका सामान ल्याएर नेपालमै उत्पादन गर्नुपर्ने बताउनुभयो ।
एक शताब्दी पहिले उत्पादन भएको उक्त बियर अमेरिका, बेलायत, युरोप र एसियाका ८० राष्ट्रमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । रासस

Previous articleनेपाली मूलका तिवारीद्वारा अमेरिकी संसदमा उम्मेदवारी
Next articleभारतीय प्रधानमन्त्रीको विदेश भ्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here