नेपाली मूलका जीवन तिवारीले अमेरिकाको डिसी महानगर क्षेत्रअन्तर्गत भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उम्मेदवारी घोषणा गर्नुभएको छ । कास्कीको लेखनाथ नगरपालिका घर भई १० वर्षदेखि अमेरिकाको उत्तरी राज्य भर्जिनियामा बस्दै आउनुभएका तिवारीले सोमबार मात्र भर्जिनियाको हाउस अफ डेलिगेट्सका लागि क्षेत्र नं ८७ बाट सन् २०१५ का लागि डेमोक्य्राट दलबाट उम्मेदवारी दिनुभएको हो ।

करिब २५ प्रतिशत एसियाली मूलका मानिसको बसोबास रहेको सो क्षेत्रमा तिवारीले डेमोक्य्राट दलमा विभिन्न पदमा रही २००९ देखि काम गर्दै आउनुभएको छ । सो क्षेत्रमा डेमोक्य्राटिक पार्टीको कोषाध्यक्ष भई काम गर्नुभएका तिवारीले राष्ट्रपति बाराक ओबामाको चुनावी प्रचारप्रसारमा पनि सक्रिय सहभागिता जनाएको नेपाली काँग्रेस कास्कीका नेता एवम् तिवारीका पिता नन्दले राससलाई बताउनुभयो ।

सन् २००४ मा डिभी चिट्ठा परी अमेरिका जानुभएका तिवारी २००५ देखि नै भर्जिनियामा बसोवास गर्दै आउनुभएको छ । अमेरिकामा घर खरिद तथा बिक्री अभिकर्ताका रुपमा कार्यरत तिवारीले विभिन्न सङ्गठनमा रही काम गरेको अनुभवसमेत सँगाल्नुभएको छ ।

आगामी २०१५ जुन ९ ९ विसं २०७२ जेठ २६०मा प्राथमिक एवम् २०१५ नोभेम्बरमा ३९२०७२ कात्तिक १७० मा अन्तिम चरणको निर्वाचन हुन्छ । तिवारीले पहिलो चरणमा विजयी भए मात्र नोभेम्बरमा हुने निर्वाचनमा चुनाव लड्न पाउनुहुनेछ ।

दुई पटकसम्म रिपब्लिकन दलका लेबनानी–अमेरिकन डेबिड रमादान विजयी भएको सो क्षेत्रमा विजयी हुनका लागि तिवारीले स्वास्थ्य, आवास, आर्थिक विकासलगायत चुनावी विषय उठाउनुभएको छ । रासस

Previous articleयुरोप स्तरिय नेपाली फूटबल प्रतियोगिताको जानकारी सहित सार्बजनिक
Next articleचिनियाँ बियर नेपालमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here