पोखरा – ‘अब बन्छ डिजिटल राष्ट्र’ मुल नारा सहित २ बर्ष अगाडि स्थापना गरिएको सोधखोज प्रालिले आफ्नो सेवा बिस्तार पोखरामा केहि समय अगाडिदेखि गर्दै आएको थियो। यसै बिचमा गण्डकी प्रदेश भर आफ्नो सेवा प्रवाह गर्ने गरि गण्डकी प्रदेश प्रमुखमा कुमार प्रसाद बराल लाई चयन गरेको छ।

उहाँ पोखरा हर्वल, एच एण्ड के कलेक्सनका सञ्चालक तथा पानी पधेरो ट्रेड प्रालिका परिकल्पनाकार मध्येका एक सफल उद्यमी तथा समाजसेवी हुनुहुन्छ। आफु सफल ब्यवसायी हुँदाहुँदै पनि नेपालमा ब्यवसाय प्रवर्द्धन गर्न उपर्युक्त माध्यम नरहेको अवस्थामा सोधखोज त्यसको परिपुरक बन्न सक्ने अपेक्षा सहित सोधखोजमा सहभागी भएको बताएका छन्। गण्डकी प्रदेश अब सोधखोजको माध्यमले डिजिटल प्रदेश बनाउने अभिलाषा सहित अगाडि बढ्ने र सबै संघ ,सस्थाहरुलाई न्युनतम शुल्कमा जिवनभर सेवा लिन सक्ने एउटा भरोसाको केन्द्र बनाउने गरि अगाडि बढ्ने जानकारी गराउनु भएको छ।

एक्काइसौं शताब्दीको अन्त्यतिर आइ पुग्दा पनि डिजिटल युगमा नेपाल र नेपाली सामान्य सूचनाको पहुँचबाट बाहिर रहेको र त्यसलाई पूरा गर्ने उद्देश्यले सोधखोज स्थापना गरिएको कम्पनीका अध्यक्ष हरि कृष्ण अधिकारीले बताएका छन्।

डिजिटल युगमा सबै संघ सस्थाहरुको जानकारी अनलाइन माध्यमबाट सम्पुर्ण नागरिक सम्म पुर्याउने उदेश्य रहेको र सेवाग्राहीलाई सोधखोजको माध्यमबाट सेवा लिन सक्ने बनाउन खोजेको कम्पनीका ब्यवस्थापन प्रमुख केशवराज खनालले बताएका छन्।

डिजिटल युगको सुरुवात सङ्गै नेपाल र बिश्व एउटा गाउँ जस्तो भै सकेकोले संघ सस्थाको जानकारी मोबाइल वा ईन्टरनेटको माध्यमबाट लिन सक्ने र सेवालाई सहजीकरण गर्ने काम सोधखोजले गर्ने जानकारीको साथै अहिले वेब र एप्स मार्फत दोस्रो भर्सनमा सेवा दिएको जानकारी कार्यकारी निर्देशक सुवास लामिछानेले बताएका छन्।

यसै बिच देशका ७७ जिल्लाबाट केही समय भित्र नै सेवा प्रवाह गर्ने गरि सोधखोजको योजना रहेको कम्पनी अध्यक्षले जानकारी गराएका छन्।

Previous articleकोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन
Next articleमतदानस्थल र मतदान केन्द्र निर्धारण कार्यविधि स्वीकृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here