काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।

प्रचण्ड निवास खुमलटारमा उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको हो । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाले उहाँहरुबीच पार्टीभित्र देखिएका विवादका विषयमा छलफल भएको बताउनुभयो ।

“सधैँ बालुबाटारमा हुने छलफल यसपटक प्रचण्ड निवास खुमलटारमा भएको हो”, उहाँले भन्नुभयो, “आज भएको भेटघाट पनि दुई अध्यक्षबीच पार्टी विवादलाई निकास दिन यसअघि भइरहेका छलफलको निरन्तरता हो ।”

दुई अध्यक्षबीच छलफल भइरहँदा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि छलफलमा सहभागी हुनुभएको थियो । पार्टीको स्थायी कमिटी बैठक चलिरहँदा दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल गरिरहनुभएको छ । आइतबार स्थायी कमिटी बैठक डाकिएको छ । यसैगरी प्रधानमन्त्री ओलीले प्रचण्डसँगको छलफलपछि गृहमन्त्री रामबहादुर थापासित भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री ओली गृहमन्त्री थापालाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुग्नुभएको छ ।

Previous articleमुलुकभर थप ७ सय ७६ जनामा कोरोना पुष्टि
Next articleडब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here