काठमाडौंं-पछिल्लो २४ घण्टामा ६ हजार पाँच सय ८८ पिसिआर परीक्षण गर्दा मुलुकभर ७ सय ७६ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म १८ लाख ५५ हजार ७ सय २४ जनाको पिसीआर परीक्षण गरिएको छ ।

आजसम्मको विवरण अनुसार देशभर सक्रिय संक्रमित ९ हजार पाँच सय ८० छन्। ९ सय ४७ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ४० हजार ३ सय ६३ जना संक्रमणमुक्त भएका छन्।

कुल संक्रमित २ लाख ५१ हजार ६ सय ९२ जना छन्। बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १७ सय ४९ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ। क्वारेन्टाइनमा चार सय ४४ जना छन्।

कास्कीमा कोरोना संक्रमित पुरुषको मृत्यु

कास्कीमा कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा अन्नपूर्ण गाउँपालिका(३ का ६८ वर्षीय पुरुषको बिहीबार बिहान ४ः१५ बजे मृत्यु भएको हो । उनीमा मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सँगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८७ पुगेको छ ।

Previous articleसन्तोष साह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको शीर्ष तीनमा
Next articleनेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here