काठमाण्डौ- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १ हजार ५सय ७५ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या देशभर २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।

त्यस्तै, कोरोना संक्रमणबाट शुक्रबार थप १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५सय ६७ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ । मन्त्रालयका अनुसार संक्रमित निको हुने दर ९२.९ प्रतिशत रहेको छ ।

Previous article“नयापुस्तामा नारायणगोपाल” कार्यक्रम पोखरामा सम्पन्न
Next articleकोरोना सङ्क्रमणबाट विदेशमा निधन हुने नेपालीको सङ्ख्या ३ सय १ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here