काठमाण्डाै- नेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा मंगलबार १ सय १६ जना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
संक्रमित हुनेमा धनकुटाका ३, सिरहाका १, सुनसरीका १, तेह्रथुमका १, इलामका २, झापाका १, धनुषाका २१, महोत्तरीका १९, पर्साका २, गोरखाका २, नुवाकोटका १, काठमाडौंका २, नवलपरासी पूर्वका २, रौटहटका १, सिन्धुलीका १, काभ्रेपलान्चोकका २, ओखलढुंगाका १, कैलालीका १, पाल्पाका ५ , सिन्धुपाल्चोकका १, सुर्खेतका १, प्युठानका ३, बाँकेका १, रोल्पाका ३, बर्दियाका १, दाङका ५, अर्घाखाँचीका ३, दैलेखका ६, अछामका १४, जुम्लाका ४, कञ्चनपुरका १ र कैलालीका ४ जना रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।

नेपालमा संक्रमित मध्ये १० हजार ३ सय २८ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा ३४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Previous articleनेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुग्यो
Next articleकोभिड १९ बाट विश्वभर मृत्यु हुने संख्या ५ लाख ७५ हजार ९ सय ५५ पुग्याे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here