काठमाडौ- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ ।पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा १ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८ हजार ५ सय ८९ पुगेको मन्त्रालयले जनाएको छ ।निको हुनेहरु ५१ दशमलव १ प्रतिशत हुन् ।पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनाकोमात्र पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ७ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै ८ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। बासुदेव पाण्डेले नेपालमा संक्रमित भएकामध्ये शून्य दशमलव तीन प्रतिशतमा मात्र कोरोना भाइरसको संक्रमण देखिएको बताउनु भयो ।उहाँले काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गएकोप्रति चिन्ता थपिएको बताउनु भयो ।हालसम्म उपत्यकाका तीन सय ४७ जनामा संक्रमण भएको छ ।

Previous articleपार्टी विभाजन हुन दिइदैन : प्रचण्ड
Next articleनेपालमा पछिल्लो २४ घन्टामा थप १ सय १६ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here