पोखरा- जि एट समूहले एम्वुलेन्स चालक तथा स्वयम्सेवकलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ । कोभिड—१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि जि एट समूहले एम्वुलेन्स चालक तथा स्वयम्सेवकलाई सुरक्षा समाग्री सहयोग गरेको हो।

एम्वुलेन्स सञ्चालन र स्वयम्सेवको भूमिका खेलका संघ संस्थालाई जोरो नाप्ने थर्मल गन, पि.पि.ई. केएन नाइन फाइप माक्स, पञ्जा सहयोग गरेको जि एट समूहका संयोजक राजु कायस्थले जानकारी दिए ।

स्वास्थ्य सुरक्षा समाग्री समाज कल्याण समिति रामबजार, भिन्तुना युवा क्लब नदिपुर, मानव मिलन संस्था, मिया पाटन समाज, नभप्रभात स्कूल नयाँवजार, युनाइटेड क्लब नदिपुर, सिद्धार्थ क्लब, डेभिटफल युवा क्लबलाई हस्तान्तण गरिएको थियो ।

कार्यक्रममा बोल्दै पोखरा महानगर पालिका वडा नंं. ३ का वडा सदस्य रविन कायस्थले महामारीको वेलामा अत्यावश्यक सामाग्री सहयोग गरेर उदाहरणिय कार्य गरेको बताए । सिद्धार्थ क्लबकी अध्यक्ष पार्वती माकाजुले यो समाग्रीले एम्वुलेन्स चालक सुरक्षित भएर सेवा प्रभाव गर्न सहयोग पुगेको बताईन् ।

विगत ३० वर्ष देखि आफ्ना वाल्यकालका साथीहरुको समूहले हरेक विपतको वेला सहयोग गर्दै आएको छ । समूहमा राजु कायस्थ, श्यामकाजी श्रेष्ठ, सुनिल ताम्राकार, कविन्द्र श्रेष्ठ, विवेक शाक्य, अनिल शाक्य, उत्तम श्रेष्ठ, पुरषोत्तम श्रेष्ठ, निशेष उपाध्याय, भीम गुरुङ(युके), केशर गुरुङ (हङ्कङ), सुरज श्रेष्ठ(युके), डा.विदुर केसी रहेका छन् । यो अभियानलाई शिक्षा गुरुङ(हङ्कङ), तेज गुरुङ मुन्ना(युके) दिपन श्रेष्ठ(अष्ट्रेलीया) ले पनि सहयोग गरेका थिए ।

जी एट समूहका संयोजक राजु कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य श्यामकाजी श्रेष्ठले स्वागत सिद्धार्थ क्लबका पूर्व अध्यक्ष सुमन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Previous articleनेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो
Next articleअक्सिजन र भेन्टिलेटर आवस्यक नपर्ने बिरामीलाई अस्पतालमा भर्ना नगरिने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here