काठमाडौं – मंगलबार दिउसो थप २ सय ८८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार रौतहटका ७४, दाङका १७, बाँकेका १७, सुर्खेतका २७, दैलेखका ९, सल्यानका १८, अछामका १०, बाराका १, प्युठान १, कन्चनपुरका ८, कैलालीका १०, धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, सप्तरीका १, बर्दियाका ३, महोत्तरीका २, सर्लाहीका २१, सिरहाका १७, भक्तपुरका १, धादिङका १, कपिलवस्तुका १६, काठमाडौं मेडिकल कलेजका ४ जना, नवलपुरमा पूर्वका १, नवलपरासी पश्चिमका १, नुवाकोटका २, रूपन्देहीका १० संक्रमित थपिएको जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ६१ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ६६ जना निको भएर घर फर्किसकेका छन् । जसमा २ सय १२ जना पुरुष र ५४ जना महिलाहरु रहेका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ बर्षीया बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ।

Previous articleनेपालमा काेराेना संक्रमितको संख्या १ हजार ७ सय ९८ जना
Next articleजि एट समूहद्दारा स्वास्थ्य सुरक्षा समाग्री सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here