जुरिच। कोरोना भाईरस (कोभिड १९) का कारण युरोप तातिरहेका बेला एनआरएनए माल्टाबारे सनसनीपूर्ण खुलासासहित एक रिपोर्ट सार्बजनिक भएको छ। जसले एनआरएनए केन्द्रिय तहसम्म हलचल मच्चाईरहेको छ। युरोपबाट सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकार बसन्त रानाभाटले कार्यक्रम एनआरएन टकको बहसमूलक कार्यक्रममार्फत माल्टामा नेपालीहरु बिचिल्लीमा परेकोबारे खुलासा भएको हो। 

कार्यक्रममा पिडितहरुले आँफू एनआरएनए माल्टामा रहेका कार्यसमितिकै सदस्यहरुबाट ठगिएको बयान उल्लेख छ। त्यसो त उक्त रिपोर्टमा एनआरएनए माल्टाका अध्यक्ष राजु अर्याल (बाबु) ले आँफूले गरेको काम गैर कानुनिरहेको आँफैले स्वीकार गरेका छन्। उनले व्यक्तिगत स्पोन्सरसिपमा एजेन्टमार्फत आफ्नो परिवार, नजिकका आफन्त र नातेदारलाई माल्टा झिकाएको स्वीकार गरेका छन्। यस्तै संघका महासचिव सन्देश केसीले पनि मानिसहरू माल्टा ल्याएको स्वीकार गर्दै आफ्नो जिम्मेवारी आफैंले लिने बताएका छन्। ‘कार्यसमितिका साथीहरु जसले कामदार ल्याउनुभएको छ, उहाँहरुले पूर्ण जिम्मेवारीका साथ हेर्नुहुन्छ भन्ने लाग्छ। मेरो व्यक्तिगत तवरबाट आफ्नो जिम्मेवारी निभाउँछु।’ उनले भनेका छन्। 

केसीले माल्टामा नेपाली ल्याउन नेपालीनेपालीबीच नै प्रतिस्पर्धा हुने खुलासा समेत गरेका छन्। ‘नेपालीहरुको एजेन्ट बन्न नै प्रतिस्पर्धा हुने गर्छ। कुनै कम्पनीले एक ब्यक्तिको दुई हजार युरो लिन्छु भन्यो भने अर्को नेपाली पुगेर ३ हजार युरो तिर्छु भनिदिन्छ। त्यसैले पनि नेपालदेखि मोटो रकम बुझाउनुपरेको हो।’उनले व्यक्तिगत स्पोन्सरसिपमा माल्टा आउदा कडाइ हुने हुँदा श्रमस्वीकृतिदेखि एयरपोर्टसम्म सेटिङका नाममा समेत ठगी हुने गरेको खुलासा समेत गरेका छन्। 

एनआरएनए माल्टा त्यसमा पनि संघका अध्यक्ष र महासचिवले सार्बजनिक रुपमा मिडियामा बोलेको यो अभिव्यक्तिबाट नै उनिहरु गैरकानुनि क्रियाकलापमा संलग्न रहेको पुष्टि हुन्छ। बिचौलियाको भूमिकामा रहेर नेपालीहरुलाई सहुलियत रकममा ल्याउन सहयोग गरेको बताउनु एनआरएनएकै लागि लज्जास्पद हो। 

यी दुई मात्र होईन् कार्यसमितिभित्रबाट आईसीसी सदस्य, दुई उपाध्यक्षहरु, सचिव, कोषाध्यक्ष, युवा संयोजक लगायत सदस्यहरुपनि एजेण्टको धन्दा गरेको आरोप छ। त्यसो त आईसीसी सल्लाहकार सोम सापकोटा पनि गत बर्ष देखि माल्टामा ब्यापार गर्दै आएका छन्। उनले आफ्नो संग्लग्नताबारे अस्विकार गरेपनि उनिमाथि पनि छानबिन हुनुपर्ने मागसहित युरोपका केहि पत्रकारहरुले समाचार प्रकाशित गरेका छन्। 

हेर्नुहोस् माल्टा बिशेष एनआरएनए टकको पूर्ण भाग :-

 

Previous articleस्वीटजरल्याण्डले बुझायो ३० हजार पीसीआर किट
Next articleप्रधानमन्त्रीले बालुवाटारमै मनाए बुद्धजयन्ती, बुद्ध प्रतिमामा गरे दीप प्रज्वलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here