काठमाडौं । स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग गरेको ३० हजार थान पीसीआर टेस्ट किट बिहीबार नेपाल आइपुगेको छ ।पीसीआर टेस्ट किटसहित स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको हो ।स्वीटजरल्याण्ड सरकारकोतर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बिहीबार हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् ।

टेस्ट किट हस्तान्तरण गर्दै राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि उपलब्ध गराइएको किटले सहयोग पुग्ने विश्वास ब्यक्त गरिन् ।स्वीजरल्याण्ड सरकारले यसअघि नै ४ हजार थान पीपीई सेट, १ हजार इन्फ्रारेड थर्मोमिटर, ८ हजार एन९५ मास्क नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
यसैगरी स्वीजरल्याण्डले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।-onlinekhabar

Previous articleकोरोना प्रभावित युरोपेली देशमा एनआरएनएको २० हजार डलर सहयोग
Next articleएनआरएन टकको त्यो बहस:-जसले माल्टाको मानवतस्करीलाई बाहिर ल्यायो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here