पोखरा – सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालको आयोजनामा क्रबार पोखरामा सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६ सम्पन्न भयो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा गीतकार श्रापितले सिर्जना गरेका १७ वटा गीत विभिन्न कलाकारको आवाजमा प्रस्तुत गरियो ।

अब कसैले गल्ती नगरौ बोलकोगीतबाट साँगीतिक माहोल शुरु भएको कार्यक्रममा बादल फाटेको बेला, मेरो धड्कन तिमि, कहिले सादा कहिले रंगीन, टलकटलक टल्किने, तिम्रो मधुर मुस्कानले, कहिले ओराली, दिलराजा दिलरानी, मेरी पियारी, तिमिलाई त जहाजमा, आमाबाट सिके मैले, जसलाई मुटुको अंश, तिमिलाई देख्नेबित्तिकै, कालि–कालि दिलवाली, अच्छलेकिन क्याबात, पूर्वबाट पश्चिममा आयौ हुँदै सिरीमा सिरी गीतमा आएर टुंगीएको थियो ।

एकल साँझमा मुख्य प्रस्तोताको रुपमा संगीतकर्मी बीबी अनुरागी प्रस्तुत भए । साँझमा अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी क्षेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैह्रे, रुपेश भण्डारी, योगेश गौतमले सुमनलाई स्टेजमा साथमै राखी गीत सुनाउँदा उपस्थित दर्शकको सर्पोट महत्वपुर्ण थियो ।

लाइभ म्युजिकको साथमा भएको कार्यक्रममा संगीतमा प्रविन्दर सिँह, राजा मुखिया, रन्जन गायक, गुप्त गुरुङ, मइपाल लामा, उमेश थापा, सुदिप गायक, तेज केसी, सुमन तामाङ र अमित गुरुङले संगीतमा सघाए ।

यसका अलावा गीतकार सुमनले आफ्नो स्थायि ठेगाना बाग्लुङ तित्याङ सम्बन्धि गीत समेत आफ्ना आवाजमा सुनाए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गीतकार काली प्रसाद रिजालले पोखरा गीतसंगीतको क्षेत्रमा अगाडि रहेको बताए । ‘पोखरा गीत संगीतको राजधानी शहर हो, यहाँ धेरै राम्रा गायक गायिका हुनुहन्छ, धेरै पछि पोखरा आउन पाए खुशी छु’ उनले भने ।

कार्यक्रमका आर्कषणका केन्द्र सुमन श्रापितले आफ्नो ठुलो सपना पुरा भएको बताए । उनले आफ्ना विगतका दिन सम्झदै आगामी यात्रा सुखद बन्ने आशा गरे । सप्तरंगी सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष पदमराज ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मनकुमार श्रेष्ठले गरेका थिए । कलाकार उपचार अक्षकोषको सहयोगार्थ कार्यक्रम आयोजना गरिएको थियो ।

यसअघि प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङ प्हाएआलीको एकल साँझ सम्पन्न गरेको थियो ।

Previous articleपत्रकार पराजुलीको यौन मनोविज्ञानमा आधारित कथासग्रह ‘कुमाता’ पोखरामा
Next articleकोरोनाविरुद्ध सचेतना जगाउन मुख्यमन्त्री गुरुङको आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here