पोखरा- पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासंङग्रह विहिवार पोखरामा सार्वजनिक गरियो । पत्रकार सम्मेलन गरेर पराजुलीले आफ्नो महिलाको यौन मनोविज्ञानमा आधारित कथासङग्रह सार्वजनिक गरेका हुन् ।

गत सोमवार चितवनमा गृह विमोचन भएको कुमाता कथासंङग्रह पोखराका पाठकहरुका लागि केन्द्रित गर्दै पोखरामा पनि एक कार्यक्रमका विच सार्वजनिक गरिएको हो ।

सामाजिक यथार्थवादी र महिला यौन मनोविज्ञानका विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भँुडिपुराण प्रकाशन प्रालीले वजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहीत दस कथाहरु फरकफरक विषयवस्तुमा केन्द्रित छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको पत्रकार एवं कथाकार पराजुलीले जानकारी दिए ।

“कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छर छिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन् त्यसलैले कुमाता कथासङ्ग्रह भित्रको कथाहरु हरेक ब्यक्तिले आफ्नै समस्या हो कि भन्ने महशुष गर्छ”, पराजुलीले भने ।

गरिबी, बैदेशिक रोजगारी , प्रेम,विश्वास ,यौन , धोका ,जेल जस्ता सन्दर्भहरु कथाका वरिपरि रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

कुमाता कथासंङग्रह पोखराको गैरपाटन स्थित बुक स्मार्टले विक्रि वितरणको आधिकारीक जिम्मा लिएको छ ।

कार्यक्रमा नेपाल प्रेस युनियनक केन्द्रिय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता हतारको साहित्य भनिए पनि पछिल्लो समय पत्रकारहरुले प्रकाशनमा ल्याएको कृतिहरुले नेपाली साहित्यमा नयाँ आयम थपिएको वताए ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख कृष्ण गिरीले पत्रकारहरु समाचार लेख्ने मात्रै हैन कि समाजमा देखिएका विषय वस्तुलाई वस्तुपरक ढङ्गवाट साहित्यमा रुपान्तरण गर्नुपनि पत्रकारिताकै अक्र्रो रुप भएको वताए ।

नेपाली लेखक संघ कास्कीकी उपाध्यक्ष रितादेवी कडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न पत्रकार तथा साहित्यकर्मीहरुले पत्रकारिता, साहित्य र समाजका वारेमा चर्चा गर्नुभएको थियो ।

Previous articleआहा रारा गोल्ड कपको उपाधिको लागि मनाङ र पुलिस भिड्ने
Next articleपोखरामा सुमन श्रापित एकल साँगीतिक साँझ सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here