बेर्न। नेपाल भ्रमण बर्ष २०२० को उद्घाटन स्विटजरल्याण्डमा हुने भएको छ। भ्रमण बर्ष २०२० सफल बनाउने उदेश्यले एनआरएनए स्विटजरल्याण्ड र नेपाली दुतावास जेनेभाको सहकार्यमा कार्यक्रम हुन लागेको हो।

उद्घाटन जनवरी ३० तारीख, बिहिवार, १६:३० बजेदेखि १९:३० बजेसम्म EPFL 1015 Laussanne, Hall 0212 मा हुनेछ। भ्रमण बर्ष २०२० को उद्घाटन कार्यक्रममा उपस्थित हुन सम्पूर्ण दिदीबहिनी एंव दाजुभाइहरुलाई कार्यक्रममा सहभागीभई सफल पारिदिन हुन गैर आवासीय नेपाली संघ स्विटजरलाण्डको अध्यक्ष शिव कुमार सुब्बाले आग्रह गरेका छन्।

नेपाल भ्रमण बर्षलाई सफल पार्न गैर आवासीय नेपाली संघ र नेपाल भ्रमण बर्ष २०२० को सचिवालय बीच एक एनआरएनए ले एक विदेशि लाई नेपाल पठाउने अभियान चलाउन सहमती जनाउदै हस्ताक्षर गरिसकेको छ।

भ्रमण बर्ष २०२० लाई सघाउ बनाउने उदेश्यले एनआरएनए का निवर्तमान अध्यक्ष तथा संरक्षक भवन भट्टको अध्यक्षतामा एक कार्यदल बनाइ काम अघि बढाइएको छ।

Previous articleसंसद् चलाउन विपक्षलाई विश्वासमा लिनुपर्छ ः सभापति देउवा
Next articleनेकपा बैठकमा प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here