काठमाडौँ – नेपाली काँग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले संसद् चलाउन सभामुखले विपक्षी दललाई विश्वासमा लिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिँदै उहाँले भन्नुभयो, “सभामुख तटस्थ र निष्पक्ष पद हो । संसद् विपक्षीको हो भन्ने कुरा ध्यान दिन आग्रह गर्छु । सत्तापक्षले संसद्मा ल्याउने कानूनका बारेमा आलोचना गर्ने काम प्रतिपक्षको हो ।”

संविधानको भावना प्रतिकूल केही विधेयकहरु सरकारले संसद्मा पेश गरेको भन्दै उहाँले मानवअधिकार, प्रेस स्वतन्त्रता विरोधी विधेयकहरु त्यही रुपमा पारित गर्न नहुनेमा जोड दिनुभयो । प्रजातन्त्रका लागि पूर्ण प्रेस स्वतन्त्रता आवश्यक रहेको उहाँको भनाइ थियो ।

कोरोना भाइरसका सन्दर्भमा जोखिम न्यूनीकरणका लागि २४ घण्टे ‘हेल्प डेस्क’ चलाउन आवश्यक रहेको उल्लेख गर्दै सभापति देउवाले चीनसँग सिधा उडान रहेको र चीनमा रहेका नेपालीका बारेमा समेत सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

संयुक्त राज्य अमेरिकाको सहयोग ‘मिलेनियम च्यालेन्ज कर्पाेरेशन’ (एमसिसी) विभिन्न चरण पार गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा नेपालले हस्ताक्षर गरेको अवगत गराउँदै उहाँले भन्नुभयो, “यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको विद्युत् भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने ? तत्काल एमसिसी संसद्बाट अनुमोदन गर्नुपर्छ ।” रासस

Previous articleमादी ८ की सोफी साही बनिन मादी डान्स आइडलको बिजेता
Next articleभ्रमण बर्षको उद्घाटन स्विटजरल्याण्डमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here