बेर्न। नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय अतिक्रमणविरूद्ध युरोपमा रहेका नेपालीहरु आन्दोलित भएका छन् । विभिन्न देशमा अवस्थित भारतीय दूतावास तथा नियोगमा प्रर्दशनसहित  ज्ञापनपत्र बुझाउदै गैर आबासीय नेपालीहरुले बिरोध प्रदर्शन गरेका हुन्। जर्मनी, बेल्जियम,नेदरल्यान्ड्समा रहेका नेपालीहरुले बिरोध प्रदर्शन गरेपछि स्वीटजरल्याण्डमा पनि बिरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने काम सम्पन्न  भएको छ।

स्विस प्रशासनको नियम अनुसा निश्चित उपलब्ध ठाउँमा दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टा मात्र प्रदर्शन गरिएको थियो। स्वीट्जरल्याण्डको बिभिन्न शहरहरु बाट आएका नेपालीहरुले भारतीय दूताबास अघि र हेल्भेटियाप्लाजमा नाराबाजी गरेका थिए।

स्थानीय नियम अनुसार ज्ञापनपत्र स्विस प्रशासन मार्फत भारतीय दूताबासमा पुग्ने भएको छ। स्विसमा रहेका संघ-संस्थाका प्रतिनिधिहरुले बिरोध सभालाई सम्बोधन गरेका थिए। विरोध सभाको नेतृत्व अच्युतप्रसाद फुयालले गरेका थिए।

एनआरएनए स्वीटजरल्याण्ड, प्रबासी नेपाली एकता मञ्च र नेपाली जनसम्पर्क समितिको संयुक्त आयोजनामा बिरोध प्रदर्शन गरिएको हो।  मंगलबार भारतीय दूताबासअघि गरिएको प्रदर्शनमा स्विस नागरिकहरुले समेत ऎक्यबद्वता जनाएका थिए।

उनिहरुले भारतले गरेको सिमा अतिक्रमणविरूद्ध नाराबाजीसमेत गरेका थिए। सहभागीहरुले “नेपाली एकता जिन्दावाद”, “कालापानी लिम्पियाधुरा हाम्रो हो”,”भारतीय सेना नेपाल छोड” जस्ता नाराहरुसहित प्रदर्शन गरे।

Previous articleनेपालका स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने
Next articleओलम्पिक टर्च पोखरामा, ओलम्पियन सहित खेलाडीले गरे परिक्रमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here