पोखरा- नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजी प्रोग्राम’ नेपालमा भित्र्याएको छ ।
बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षा सम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेसनले तयार गरेको डिजी प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो । त्यसलाई नेपालका विभिन्न स्कुल तथा कलेजहरुको पाठ्क्रममा समावेश गरेर लैजाने तयारी भएको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले पोखरामा सञ्चालित विभिन्न बोडिङ स्कुलका संस्थापक एवं प्राचार्यहरुबीच अन्तक्रियात्मक कार्यक्रम गरेर ‘डिजी स्कुल’को बारेमा जानकारी गराएको बताउनु भयो ।
नेपालका विद्यार्थीहरुले पनि अन्तर्राष्ट्रिय स्तरको कम्युटर शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले यसलाई काठमाडौ पोखरा लगायतका बोडिङ स्कुलका प्राचार्यहरु बीच अन्तर्रक्रिया गरेर जानकारी गराइएको श्रेष्ठले बताउनु भयो ।
एनसिसी एजुकेसन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी स्कुल’को बारेमा जानकारी गराउनु भएको थियो । यो कोर्ष पढ्ने विद्यार्थीले एनसिसी एजुकेसन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले बताउनु भयो । नोर्टनका अनुसार डिजी स्कुल सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन सुरू गर्न सक्छन् ।
यो अध्यापन अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने छ । कम्प्युटर सिस्टममा हरेक विद्यार्थीको आ–आफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगती विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन् ।
कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ सुरू भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर शिक्षा पाउने डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताउनु भयो । उपाध्यायका अनुसार स्कुल लेभलबाटै विद्यार्थीहरूले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्रयाच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्ड्वयररमर्मत लगायत विषय सिक्ने पाउनेछन् ।
आजको डिजिटल संसारमा विद्यार्थीहरुलाई डिजि स्कुलको अध्ययन निकै उपयोगी हुने विश्वास गरिएको उपाध्यायले बताउनु भयो ।
तस्बिर उपलब्ध छ ।

Previous articleसाग अन्तरगत पोखरामा हुने ट्रायथलनको तयारी अन्तिम चरणमा
Next articleभारतीय अतिक्रमणविरुद्ध स्वीटजरल्याण्डमा प्रदर्शन (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here