काठमाण्डाै – अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी बनेका छन् ।विश्वकै चर्चित ब्रिटिस पत्रिका ‘इनडिपेन्डेन्स’ ले सार्वजनिक गरेको २१ औँ शताब्दीकै उत्कृष्ठ १० खेलाडीको सूचीमा मेस्सी शीर्ष स्थानमा परेका हुन् ।

विभिन्न सूचकका आधारमा खेलाडीको स्थान तय गरिएको छ । खेलाडीले गरेको प्रदर्शन, पाएको सफलता, फुटबलमा गरेको योगदान, बिताएको समयावधि, उनीहरुका संसारभरीका फ्यानफलोअर्स आदि सूचकलाई आधार मानेर उक्त पत्रिकाले खेलाडीको स्थान तय गरेको हो ।

सूचीमा अर्जेन्टिनाका स्टार एवं स्पेनिस क्लब बार्सिलोनाका मेस्सी पछि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनीहरु दुवैले समान ५/५ पटक बलोन डी’ओर अवार्ड जितेका छन् ।

यस्ताे छ १० उत्कृष्ठ खेलाडीको सूचीः

१) लियोनल मेस्सी

२) क्रिष्टियानो रानाल्डो

३) जाभी हार्नान्डेज

४) रोनाल्डिन्हो

५) आन्द्रेयस इनियष्टा

६) रोनाल्डो नाजारियो

७) थियरी हेनरी

८) जिनेदिन जिदान

९) काका

१०) फवियो कान्नाभारो
एजेन्सी

Previous articleतपाई इलम गर्नुोस, पुर्वाधार हामी बनाइदिन्छौ : मुख्यमन्त्री गुरुङ
Next articleसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here