पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जा“गर चलाएर इलम गर्न चाहानेका लागि आवश्यक बातावरण बनाइदिन प्रदेश सरकार तयार रहेको बताएका छन । जनताकै सुविधाका लागि संघीयता मार्फत प्रदेश सरकार बनेको भन्दै मुख्यमन्त्री गुरुङले कृषि, उद्योग, व्यापार आदि क्षेत्रमा काम गर्न चाहाने जनताको लागि सवै प्रकारको पुर्वाधारको ग्यारेण्टी गरिने दावी गरे ।

पोखरा महानगरपालिका वडा नं २८ माझठानामा बनेको खेल मैदान तथा सहिद थमन परियार स्मृति भलिवल प्रतियोगिताको उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले आफ्नै ठाउमा केही गर्न चाहानेहरुलाई प्रोत्साहन गरिने बताए । ‘तपाई के गर्न चाहनुहुन्छ त्यो हामीलाई भन्नुस, कृषिमा केही चाहनुहुन्छ तपाईलाई मोटरबाटो चाहिएला हामी बनाइदिन्छौ, वीउहरु हामी उपलब्ध गराउछौ, उत्पादन भएका समानका लागि कोल्डस्टोर बनाइदिन्छौ’ उनले भने ‘तपाई इलम गर्नोस आवश्यक पुर्वाधार हामी बनाइदिन तयार छौ’ । यसबाहेका उद्योग तथा व्यापार व्यावसायका लागि आवश्यक बाताबरण बनाइदिन आफुहरु तयार रहेको प्रष्ट्याए । ‘उद्योगका लागि विद्युत चाहिएला, कच्चा पदार्थ र समान बोक्न बाटो चाहिएला, बजार चाहिएला त्यो सवै बनाउन हामी लागिपरेका छौ’ उनले थपे ‘व्यापार गर्न पनि के के चाहन्छ त्यो पुर्वाधारका लागि हामी तयार छौ ।’ पाच बर्ष भित्र प्रदेशलाई खाद्यन्न आत्मनिर्भर गर्ने उदेश्यका साथ अगाडि बढेको जानकारी गराउदै गाउका बा“झो रहेका बारीहरु हरियाली नभए सम्म उदेश्य पुरा हुन संभव नभएको बताए ।

उनले जनताको आधारभुत आवश्यकता पुरा गर्न प्रदेश सरकार लागि परेको बताए । शिक्षा, स्वास्थ्य जस्ता अत्यआवश्यक सेवाहरु चाडै जनताका लागि सर्वसुलभ बनाइने मुख्यमन्त्रीको भनाई थियो । नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले सहिद देखाएको सपना साकार पार्न सके सहिदप्रति सच्चा सम्मान हुने बताए । कार्यक्रम प्रदेश सांसदहरु दिपक कोइराला, गायत्री गुरुङ लगायतले बोलेका थिए । आजदेखि सुरु भएको भलिवल प्रतियोगिता तीन दिन सम्म चल्नेछ ।
थमन परियार स्मृति प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संस्थापक सदस्य बैन बहादुर गुरुङले गरेका थिए । १९ वटा टिमको सहभागीता रहेको आजको उद्घाटन खेल वडा नं.३१ र वडा नं.२८ वि विच भएको थियो । उक्त खेलमा वडा नं.३१ ले वडा नं.२८ वि लाई १३–२५ र १९–२५ को सोजो सेटमा विजयी भएको प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले जानकारी दिएका छन् ।

Previous articleकास्की २ काे उपनिर्वाचनमा साझाको उम्मेदवार रजनी केसी
Next articleअर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी शताब्दीकै उत्कृष्ट खेलाडी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here