बेर्न। स्विट्जरल्याण्डमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। बिभिन्न शहरहरुबाट आएका दिदिबहिनीहरुले तीजमा छमछमी नाच्दै एकआपसमा माईतिको झल्को बिदेशी भुमिबाट नै मेटाएका हुन्। एनआरएनए स्विट्जरल्याण्डको नव निर्वाचित कार्यसमितिको आयोजनामा राजधानी बेर्नमा आईतबार कार्यक्रम सम्पन्न भएको हो।

तीज  विशेष कार्यक्रममा नेपालदेखि आएकी गायिका सहिमा श्रेष्ठले  बेजोड प्रस्तुत गरेकी थिइन्। गायिका श्रेष्ठका गीतहरूमा स्वीसबासी नेपाली समुदाय झुमेको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराई  सहभागी बने। बिदेशमा नेपाली कला र संस्कृति झल्कने सबैखाले चाड पर्वहरु मनाउदा नेपालकै पहिचान झल्कने भन्दै महिला दिदिबहिनीहरुलाई तीजको शुभकामाना ब्यक्त गरे। राजदूत पत्नी लक्ष्मी रिजाल भट्टराईले पनि तीजको शुभकामना ब्यक्त गर्दै नेपाली समुदायलाई पहिलो पटक सम्बोधन गरिन्।

एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष शिव कुमार सुब्बा, उपाध्यक्ष शुभ एल्मर लामा र महिला संयोजक सम्झना थापा घिमिरे लगायतले तीजको अबसरमा शुभकामना ब्यक्त गरे।  कार्यक्रममा लागि बिष्णु थापाबाट २०० स्वीसफ्रान्क, फडिन्द्र पन्तबाट १०० स्वीसफ्रान्क र आनन्द शाक्यले १०० स्वीसफ्रान्क सहयोग गरेको संघले जनाएको छ। सहयोगीहरूलाई धन्यबादसहित संघले प्रंशसा पत्र प्रदान गरेको थियो।

 

नयाँ कार्यसमितिलाई बुझबुझारक 

उक्त अबसरमा एनआरएनए स्विट्जरल्याण्डको नयाँ निर्बाचित कार्यसमितिलाई पुरानो कार्यसमितले बुझबुझारक सम्पन्न गरेको छ। निवर्तमान अध्यक्ष भूमिराज गुरूङ र महासचिव शुक्र श्रेष्ठले आफ्नो कार्यकालका बेलामा आधिकारिक कागजपत्रहरुसहित बुझबुझारक गरेका थिए।

नव निर्वाचित संघका अध्यक्ष शिवकुमार सुब्बा र महासचिव कुलप्रसाद सिवाकोटीलाई जिम्मेबारी हस्तान्तरण गर्दै कार्यकालको शुभकामना ब्यक्त गरे। उक्त अबसरमा प्रमुख अतिथि राजदूत भट्टराईले संघका नव निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए।

Previous articleएनआरएन स्पेनको अध्यक्षमा गुरुङ र कोईराला भिड्दै
Next articleएनआरएनए स्पेनको निर्बाचन:-कसले कुन पदमा दिए उम्मेदवारी ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here