बार्सिलोना। एनआरएनए स्पेनको नयाँ नेतृत्वका लागि दिनेश गुरुङ (देउकाजी) र पेशल कुमार कोईराला भिड्ने भएका छन्। सेप्टेम्बर पहिलो साता हुने संघको छैँठौ अधिबेशनमा गुरुङ र कोईरालाले दावी गरेका हुन्। सन् २००९- २०११ को कार्यकालमा महासचिव पदमा रही काम गरेका गुरुङले संघको छैँठौ अधिबेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका हुन्।

उनि सन् २०१३- २०१५ को कार्यकालमा संघको सल्लाहकार पनि हुन्। गुरुङले सन् २०१५- २०१७ मा तत्कालिन प्रबासी नेपाली मञ्च स्पेनको अध्यक्षमा रही काम समेत गरे। गत साता उनले बार्सिलोनामा घोषणासभाको आयोजना गर्दै

नेपाल भ्रमण बर्ष २०२० लाई दूताबाससँग सहकार्य गर्दै सफल पार्न आँफूले सक्दो प्रयत्न गर्ने बताएका थिए।

यता बर्तमान कार्यसमितिका उपाध्यक्ष कोईरालाले सामाजिक संजालमार्फत आँफूले अध्यक्ष पदका लागि उम्मेदवारी दिने जनाएका छन्। उनले फेसबुकमार्फत उम्मेदवारी घोषणाको जानकारी दिदै लेखेका छन्,” स्पेनस्थित नेपाली समुदायको एकता र हितमा अनवरत रूपमा लाग्ने प्रण गर्दै यहाँहरुकै सेवामा समर्पित हुने चाहनाले नेतृत्व गर्ने ईच्छा ब्यक्त गरेको हुँ। अमुल्य मत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण बिश्वास लिएको छु।”

कोईराला सन् २०१३-२०१५ को कार्यकालमा सदस्य, २०१५-२०१७ मा कोषाध्यक्ष हुँदै हाल २०१७-२०१९ को कार्यसमितिमा उपाध्यक्ष पदमा रही काम गरेका छन्। उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेतापनि हालसम्म आफ्ना कार्ययोजनाहरु भने मतदाताहरु समक्ष सार्बजनिक गरेका छैनन्।

अध्यक्षकै प्रत्यासी गुरुङले एनआरएन स्पेनको कार्यालयलाई थप ब्यबस्थित गर्ने प्रतिबद्वता  ब्यक्त गरेका छन्। गुरुङले भनेका छन्,” दिर्घकालिन सोचका साथ संघ संस्थाहरु र नेपाली समुदायको सहयोगमा आफ्नै स्वामित्वमा कार्यलय सहकारीको अबधारणा अनुरुप स्थापना बिस्तार र बिकास गर्ने भन्दै प्रतिबद्वताको प्राथमकितामा राखिएको छ।”

एनआरएन स्पेनको बहुउदेश्यीय प्रायोजनको अक्षयकोषको स्थापना गर्ने उनले घोषणासभा मार्फत मतदाता समक्ष आश्वासन दिएका थिए।

गुरुङ प्रवासी नेपाली एकता मञ्च स्पेन निकट र कोईराला नेपाली जनसम्पर्क समिति स्पेन निकटका उम्मेदवार हुन्। एनआरएन स्पेनको  छैँठौ अधिबेशन सेप्टेम्बर ७ मा बार्सिलोनामा हुँदैछ। निर्बाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार क्षेत्रीय कमिटीहरुमा सेप्टेम्बर ८ मा र केन्द्रमा (बार्सिलोनामा) ९ तारिख निर्बाचन हुँदैछ। समितिले शनिबार मतदाताहरुको अन्तिम नामावली प्रकाशित गर्दैछ।

Previous articleएनआरएनए, स्विट्जरल्याण्डको पद हस्तान्तरण र तीज विशेष कार्यक्रम
Next articleस्विट्जरल्याण्डमा तीज मनाईयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here