जुरिख। बर्षमा एक पटक आउने हरितालिका तीज पर्व। आफ्नो गाउँठाउँ,माईतिघर छोडेर बिदेशमा रहेका दिदिबहिनीहरुले पुराना दिनहरुलाई सम्झदै न्यास्रो मान्ने गर्दथे। तर आजभोली समय अलि बदलिएको छ बिदेशमा पनि तीज बिषय कार्यक्रमहरु हुने भएपछि दिदिबहिनिहरुले रमाईलो मान्न थालेका छन्।

स्विट्जरल्याण्डमा पनितीज बिशेष कार्यक्रम हुन थालेको बर्षौ भईसक्यो। यसपटक पनि एनआरएनए स्विट्जरल्याण्डले  बिबिध साँस्कृतिक कार्यक्रम सहित तीज मनाईदै छ। यही आउदो १ सेप्टेम्बर आइतवारको दिन हुने राजधानी बेर्नमा कार्यक्रम गरिने संघले जनाएको छ। दिउँसो २ बजे देखि सुरु हुने कार्यक्रमका लागि प्रवेश शुल्क २० स्वीस फ्रान्क र विद्यार्थीहरूका लागि १५ स्वीस फ्रान्क शुल्क तोकिएको छ। खानपिनको समेत ब्यबस्था रहेको उक्त कार्यक्रममा सहभागी बनी सफल पार्न संघले स्वीसस्थित नेपाली संघ संस्था तथा नेपाली समुदायलाई अनुरोध गरेको छ।

कार्यक्रम बारे बिबरण:-

मिति:- १ सेप्टेम्बर आइतवार,२०१९

समय:- दिउँसो २ बजे देखि

स्थान :-Jupiterstrasse 15, 3015 Bern

प्रबेश शुल्क:- २० स्वीस फ्रान्क ( विद्यार्थीहरूका लागि १५ स्वीस फ्रान्क)

खाना र सफ्ट ड्रिंक्सको ब्यबस्था

आयोजक :-एनआरएनए स्विट्जरल्याण्ड

Previous articleआर्थिक कुटनीतिको क्षेत्रमा एनआरएनको नयाँ टीमसँग सहकार्य गर्छौ- राजदूत भट्टराई
Next articleएनआरएन पोर्चुगलको नेतृत्वमा तिलकप्रसाद गैरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here