बेर्न। स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराईले एनआरएनसँग मिलेर राजदूताबासले आर्थिक कुटनीतिको क्षत्रमा काम गर्ने बताएका छन्। संघको ११ औ सभा तथा छैटौ अधिबेशनलाई प्रमुख अतिथिको रुपमा आईतबार बेर्नमा सम्बोधन गर्दै राजदूत भट्टराईले यस्तो बताएका हुन्। दूताबासले संचालन गरेको आर्थिक कुटनीतिको कार्यक्रममा एनआरएनए स्वीट्जरल्याण्डको सहकार्य र साझेदारी महत्वपूर्ण रहेको उनले बताए।

“सम्बृद्व नेपाल सुखी नेपालीको नारालाई साकार पार्ने दिशा तर्फ नेपाल सरकार केन्द्रित छ। यसका लागि पनि दूताबास र एनआरएनसँगै मिलेर हातेमालो गर्नेछौ।” राजदूत भट्टराईले भने।

स्वीस राष्ट्रिय प्रसारण केन्द्रबाट भिजिट नेपाल २०२० को प्रचार सामाग्रीहरुलाई प्रसारण गर्न पाए प्रभावकारी हुने भन्दै राजदूत भट्टराई त्यसतर्फ नयाँ कार्यसमितिको ध्यान केन्द्रित गरे। यसका लागि दूताबासले पनि आफ्नो तर्फबाट सोचीरहेको बारे नेपाली समुदायलाई उनले स्पष्ट पारे।

राजदूत भट्टराईले परराष्ट्र मन्त्रालयले ब्रेन ग्रेन सेन्टरको स्थापना गरेको बारे आँफूले बताउदै आएको भन्दै त्यसमा आवद्व हुनको लागि पुन:आह्ववान गरे। “हामीले डेटावेश तयार गर्न सकेमा तपाईहरुको योग्यता अनुसार मुलुकको हितमा परिचालन गर्न सहयोग पुग्ने छ।” उनले भने।

युरोपमा पासपोर्टको प्रोडक्सन सेन्टर बनाउनेबारे पनि आवाज उठेपछि उनले यसबारे आँफूले केन्द्रमा कुरा उठाउने प्रतिबद्वता ब्यक्त गरे।

Previous articleएनआरएनए स्वीट्जरल्याण्डको छैटौ अधिबेशन :- अपत्यारिलो ढंगले टुंगियो
Next articleतीजको रहर आयो बरिलै! स्विट्जरल्याण्डमा तीज बिशेष कार्यक्रम हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here