राजाराम पौडेल, पोखरा- पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘एक चिहान’ मञ्चन जारी रहेको छ । पोखरा थिएटरको आठौँ प्रस्तुतीमा भाद्र १४ गतेसम्म पोखरा थिएटरको गन्र्धव नाटकघरमा मञ्चन हुने नाटक शनिबार तीन सो मञ्चन भयो । यो नाटकमा युवावर्ग तथा विद्यार्थीको आर्कषण बढी देखिएको छ ।

हृदय चन्द्र सिँह प्रधानले लेखेको नाटकलाई नाट्य रुपान्तरण परिवर्तनले गरेका छन् । पोखरा थिएटरको प्रस्तुतीको नाटकको निर्देशन समेत परिवर्तनलेनै गरेका छन् । नाटकमा जनक पराजुली, प्रमिला तुलाचन, नवराज गिरी, सन्तोष पुन, सुविना श्रेष्ठ, सोनिया खत्री, सुदिप बाँस्तोला, अञ्जु दाहाल, सन्दिप ठाकुर, विष्णु तिमिल्सिना, सुमन तिमिल्सिना, इश्वरी राना, आशिका केसी, नितिषा बस्ताकोटीको अभिनय रहनेछन् ।

नाटकलाई परिपक्क बनाउन कलाकारहरुले कडा मेहनत गरेका छन् । पाठ्यक्रममा समावेश नाटक भएको कारण विद्यार्थीको रुचि यो नाटकमा बढी पर्ने पोखरा थिएटरका अध्यक्ष समेत रहेका निर्देशक परिवर्तनको विश्वास रहेको छ । नियमित सो को अलावा बुकिङ सो मार्फत समेत नाटक मञ्चन गर्ने तयारीमा आफुहरु रहेको थिएटरका सञ्चालक दिल प्रसाद गुरुङले बताए ।

नाटक हरेक साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार १ बजे अतिरिक्त सो र बुकिङ सो को रुपमा अन्य समयमा समेत नाटक मञ्चन भइरहेको निर्देशक परिवर्तनले बताए । झण्डै डेढ घण्टा अवधिको यो नाटकले घरी हसाउँछ, घरी रुवाउछ, विगतका स्मरण मात्र हैन गम्भिर समेत बनाउँछ । पोखरामा नाटक हेर्ने संस्कृतिको विकास हुदै गएको र नयाँ दर्शकको आर्कषण नाटकमा पर्न थाल्दै गएको थिएटरका सञ्चालक गुरुङको अनुभव छ ।








तस्विर ः राजाराम पौडेल

Previous articleएनआरएन स्वीट्जरल्याण्डको अध्यक्षमा सुब्बा र आईसीसीमा गुरुङ निर्बिरोध
Next articleएनआरएनए स्वीट्जरल्याण्डको छैटौ अधिबेशन :- अपत्यारिलो ढंगले टुंगियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here