जुरीख।  गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको अध्यक्षमा शिव कुमार सुब्बा र आईसीसी सदस्यमा भुमिराज गुरुङ निर्बिरोध निर्बाचित हुने भएका छन्। शुक्रबार साँझ उम्मेदवारी दर्ताको समय अबधिमा सुब्बा र गुरुङको मात्र उम्मेदवारी परेको हुँदा क्रमश: अध्यक्ष र आईसीसी सदस्य पदका लागि निर्बिरोध बन्ने बाटो खुलेको छ। यद्यपि शनिबार दाबि बिरोध र उम्मेदवारी फिर्ताको समय अबधि रहेको हुँदा आईतबार मात्र निर्बाचन समितिले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ।

यस्तै उपाध्यक्ष पदका लागि सन्तोष राई र महासचिव पदका लागि कुल प्रसाद शिवाकोटीको उम्मेद्वारी परेको निर्बाचन समितिका संयोजक बिष्णु थापाले जानकारी दिए। दाबि बिरोध वा उम्मेदवारी फिर्ता नभए राई र शिवाकोटी पनि निर्बिरोध निर्बाचित हुनेछन्।

एनआरएनए स्वीट्जरल्याण्डको नेतृत्व लिने पक्का भएपछि सुब्बाले मजबुद कार्यसमिति बनाउने प्रयास थाल्ने बताएका छन्।

कार्यसमितिका लागि जम्मा ४ जनाको मात्र  उम्मेदवारी:-

एनआरएनए स्वीट्जरल्याण्डको ईतिहासमा नै नयाँ कार्यसमिति चयनका लागि भएको निर्बाचन प्रक्रियामा ४ जनाको मात्र उम्मेदवारी दर्ता भएको छ। संघ संस्थाप्रति लाग्दा प्रशस्त समय खर्चनु पर्ने हुँदा पनि एनआरएनप्रति स्वीट्जरल्याण्डमा आकर्षण घटेको टिप्पणी गर्ने बाटो खुलेको छ।

उम्मेदवारी दर्ता गर्ने सबै निर्बिरोध निर्बाचित हुनेभएपनि कार्यसमिति बिस्तारकालागि समेत निर्बाचनसमितिले समन्वयकारी भूमिका निर्बाह गर्नुपर्ने तर्क शुभचिन्तकहरुले राखेका छन्। बर्तमान अध्यक्ष गुरुङ आईसीसी सदस्यमा निर्बिरोध निर्बाचित हुने भएका छन् भने सुब्बाले एनआरएनए स्वीट्जरल्याण्डको बागडोर सम्हाल्ने छन्। मुख्य यी दुवैले नै एनआरएनए अभियानलाई जारी राख्न पहलकदमी चाल्नुपर्ने धेरैको तर्क छ।

बिधानत उम्मेदवारी दर्ताको समयाबधि सकिएको भएपनि नयाँ कार्यसमिति चयनकालागि निर्बाचन समितिमार्फत बाटो खुल्ला गर्ने संकेत संयोजक थापाले दिएका छन्।

स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणीप्रसाद भट्टराईलेसंघको छैटौ अधिबेशनलाई आईतबार राजधानी बर्नमा उद्घघाटन गर्ने भएका छन्। यस्तै निर्बाचन पर्यवेक्षकका रुपमा केन्द्रिय उपाध्यक्ष सपिला राजभण्डारी सहभागी बन्ने संघले जनाएको छ।

Previous articleएनआरएन स्वीट्जरल्याण्डमा चुनाबी माहोल देखिएन, सर्वसम्मत हुने संकेत
Next articleगन्धर्व नाटकघरमा ‘एक चिहान’ मञ्चन जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here