बार्सिलोना। नेपाल लोकदोहोरी गीत प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिबेशन पोर्चुगलमा हुँदैछ। युरोप शाखाको अधिबेशन अगष्ट १८ तारिख आईतवार राजधानी लिस्बोनमा हुन लागेको हो। तीन बर्ष अघि  युरोपका बिभिन्न मुलुकहरुमा रहेका कलाकारहरु संगठित हुँदै युरोप शाखा गठन भएको थियो। फ्रान्सको पेरिसमा सम्पन्न प्रतिष्ठानको पहिलो अधिबेशनबाट स्पेनकी सुमिघिमिरे सापकोटा सर्बसम्मत अध्यक्ष बनेकी थिईन्। अध्यक्ष सापकोटाका अनुसार नेपाली कलाकारहरुको सहयोगका लागि ५ लाख रुपैया संकलन गरी राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कल्याणकारी अक्षयकोषमा जम्मा भईसकेको छ। सापकोटाले भनिन्,”सुरुवातका बर्षहरु अलि कठिनाई नै थिए। संस्थाको सुरुवात गर्नु आँफैमा चुनौतिपूर्ण थियो। अब त युरोपमा कलाकारहरु बढेका छन्। अझ झनै सक्रिय हुने ढोका खुलेको छ।”

बिबिध कार्यक्रम सहित लिस्वनमा हुने अधिबेशनमा सहभागि बन्न युरोपको नेपाली समुदायलाई उनले अनुरोध समेत गरिन्।

Previous articleएनआरएनए डेनमार्कको अध्यक्षमा डोलराज पौडेल (नवीन) को उम्मेदवारी घोषणा
Next articleशुभ एल्मर बनिन् युरोपकै मोष्ट एक्टिभ महिला संयोजक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here