कोपनहेगन। यतीबेला विश्वभर रहेका नेपालीहरुको संस्था एनआरएनएको अधिवेशनले सबैतिर एक किसिमको रौनक छाएको छ । आगामी अक्टोबरमा नेपालमा हुने विश्व सम्मेलनको अगावै सबै देशका राष्ट्रिय समन्वय परिषदले अधिवेशन सम्पन्न गरि नयाँ कार्यसमिति चयन गर्नुपर्ने विधानत: व्यबस्थाका कारण डायस्फोरामा एनआरएनको चुनावी रौनक छाएको हो।

यसैबीच डेनमार्क पनि अछुतो छैन। आगामी कार्यकालका लागि डोलराज पौडेल (नवीन) ले अध्यक्ष पदमा आफ्ननो उम्मेदवारी घोषणा गरेका छन्। आइतबार कोपनहेगनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। अगष्ट ३१ तारिखका दिन एनआरएनए डेनमार्कको निर्वाचन हुदैछ भने १८ तारिख उम्मेदबारी दिने कार्यतालिका रहेको छ ।

करिव १६ बर्षदेखी डेनमार्कमा बस्दै आएका पौडेल डेनमार्कको नेपाली समाजका अगुवा मध्येका एक हुन् । नेपाली जनसम्पर्क समिति डेनमार्कका सस्थापक सभापति रहि सकेका पौडेलले एनआरएनएमा बिजयी भएमा नेपाली समाजको हितमा सक्रिय भएर काम गर्ने प्रतिबद्वता ब्यक्त गरेका छन्।

‘यहाको नेपाली समाजलाई एकबद्ध बनाएर लैजाने मेरो मुख्य कार्य हुनेछ’ पत्रकार सम्मेलनमा पौडेलले भने, ‘यो सम्मानित सस्था एनआरएनएको विकास र बिस्तारमा सबैको साथ लिएर लाग्ने छु ।’
बुद्ध जयन्तीमा डेनमार्कको कोपनहेगनमा पैदल यात्रा गर्ने साथ सगरमाथा आरोहण गर्ने यहाँका स्थानीय डेनिस नागरीकहरुलाई सम्मान गरी उनीहरुको अनुभव सहितको पुस्तक निकाल्ने उनको प्रमुख योजना रहेको छ । अधिकांश नेपालीहरु कोपनहेगन क्षत्रमा बसोबास गर्ने भए पनि ओडेन्स, इस्बेया तथा आर्हुसमा रहेका नेपालीहरुलाई समेट्ने गरी आंफुले कार्य गर्ने उनले बताए ।
सन् २००३ मा विधार्थीको रुपमा डेनमार्क आएका पौडेलले डेनमार्कको रस्किल्ड विश्वविधालयबाट सोसल साइन्समा स्नातकोत्तर गरेका छन् भने हाल एक सफल व्यवसायीको रुपमा रहेका छन् ।

Previous articleनाटक एक चिहानको रिर्हसल
Next articleलोकदोहोरी प्रतिष्ठान युरोप शाखाको दोस्रो अधिवेशन पोर्चुगलमा हुँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here