बार्सिलोना – लगानी र पर्यटन प्रवर्द्धनको लक्ष्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोपेली बैठक इटालीमा सुरु भएको छ। युरोप क्षेत्रमा रहेका एनआरएनएका २८ वटा राष्ट्रिय समन्वय परिषदहरुको सहभागिता रहेको दुई दिने बैठक आजदेखि सुरु भएको हो।

इटालीको रोमस्थित अरजाइफ प्यालेस होटलमा आयोजना गरिएको बैठकलाई कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे। कार्यक्रममा बिशेष अतिथिको रुपमा नेपाली काँग्रेसका नेता डा. शेखर कोईराला उपस्थित छन्।

गैर आबासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्ब अध्यक्षहरु जीवा लामिछाने,डा. शेष घले लगायतका अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको छ।

नेपालमा लगानीका लागि नेपालको मौजुदा नियम र कानूनबारे छलफल, युरोप क्षेत्रका लागि छुट्टै राहत कोष लगायतका बिषयहरुमा छुट्टाछुट्टै सेसनमा छलफल हुने बताईएको छ। नेपाल भ्रमण वर्ष–२०२० युरोपको औपचारिक शुभारम्भ शुक्रबार साँझ सम्पन्न भएको छ। इटालीका टुर तथा ट्राभल व्यवसायी, कूटनीतिक अधिकारी तथा युरोपभरका गैरआवासीय नेपालीहरुको उपस्थितिमा शुभारम्भ गरिएको हो।

यसपटकको बैठकमा युरोपमा रहेका नेपालीहरुको भोग्दै आएका समस्याहरुको बारेमा घनिभूत छलफल हुने बताईएको छ युरोपभरका नेपाली राजदूतहरुको समेत बैठकमा उपस्थिति रहेकाले छलफल अर्थपूर्ण हुने ठानिएको छ। युरोपका नेपालीहरुबारे हरेक बर्षजसो छलफल तथा अन्तरक्रिया हुँदै आएको भएपनि उपलब्धिमूलक भने हुनसकेका छैनन्।

बैठकमा बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापा,फ्रान्सका दीपक अधिकारी,जर्मनीका रमेशप्रसाद खनाल,डेनमार्कका युवनाथ लक्साल,अष्ट्रियाका प्रकाश कुमार सुबेदी र रसियाकालागि नेपाली राजदूत ऋषिराम घिमिरेको उपस्थिति रहेको छ।


यस्तै स्वीट्जरल्याण्डबाट उपनियोगप्रमुख तिर्थराज वाग्ले, स्पेनबाट प्रथम सचिव तथा हालका कार्यबाहक राजदूत हरिहरकान्त पौडेल र बेलायतस्थित नेपाली दूताबासबाट द्वितीय सचिव लभा सुबेदी उपस्थित छन्।

यसैबीच १० औं युरोपस्तरीय बैठकमा भोलि युरोपका झन्डै २० वटा मुलुकहरुमा रहेका महिलाहरुले छलफल गर्ने भएका छन्।

Previous articleस्विट्जरल्याण्डमा नेपाली डिपार्टमेन्टल स्टोर्स
Next articleनेपाल भ्रमण वर्ष–२०२० युरोपको ईटालीबाट औपचारिक शुभारम्भ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here